ट्रेन्डिङ

हुम्लाको खार्पुनाथ गाउँपालिकाको बजेट ४७ करोड ६५ लाख

हुम्लाको खार्पुनाथ गाउँपालिकाको बजेट ४७ करोड ६५ लाख

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
असार १३, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२ / ८३ का लागि रु ४७ करोड ६५ लाख ४ सय ९९ रुपैयाँ बराबरको बजेट पारित गरेको छ । गाउँपालिकाले आन्तरिक स्रोत, संघीय सरकार, प्रदेश सरकार, साझेदारी कार्यक्रम र विभिन्न विकास साझेदार संस्थाहरूको सहकार्यबाट प्राप्त हुने स्रोतहरू समेटेर आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ४७ करोड ६५ लाख ४ सय ९९ रुपैयाँ बराबरको बजेट पारित गरिएको हो । बजेटसँगै प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, सडक पूर्वाधार, खानेपानी, रोजगार र सामाजिक सुरक्षा लाई उच्च प्राथमिकतामा राखि खार्पुनाथलाई स्मार्ट गाउँपालिका बनाउने दीर्घकालीन लक्ष्य समेत अगाडि सारिएको छ । साथै महिला सशक्तिकरण, पर्यटन प्रवर्द्धन, जलवायु अनुकूल विकास, जैविक विविधता संरक्षण र वातावरणमैत्री पूर्वाधार र डिजिटल सेवा विस्तार जस्ता विषय विशेष प्राथमिकतामा आएका छन् ।...
विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
असार १३, गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरूमा मुसिकोट नगरपालिका –४ अन्र्तगत दिगामचौर निवासी ६८ वर्षीय फुलमाया कुमाल, ७६ वर्षका थम्मन बहादुर कुमाल र ३६ वर्षीय गिता कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहीनायव उपरिक्षक गंगा बहादुर सारुले जानकारी दिएका छन् । बिहीबार दिउसोे जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि राती नै उनीहरूलाई टाउको दुख्ने रिंगाटा लाग्ने र बान्ताहुने जस्ता लक्षण देखिएको बताइएको छ । बिरामी परेका तिनै जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भैरहेको र उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।...
एसइई नतिजा एक साताभित्र सार्वजनिक हुने

एसइई नतिजा एक साताभित्र सार्वजनिक हुने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
असार १२, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएको छ। उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य सकिएको छ भने हाल प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने कार्य तीव्र गतिमा भइरहेको छ। गत वर्ष चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।...
सात सयभन्दा बढि पालिकाले गरे बजेट सार्वजनिक

सात सयभन्दा बढि पालिकाले गरे बजेट सार्वजनिक

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
११ असार, देशभरका सात सय ५३ मध्ये सात सय एक पालिकाले आउदो आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् भने ५२ वटा पालिकाले अहिले सम्म सार्वजनिक गर्न सकेका छैनन् । बजेट पेश नगर्नेमा सबैभन्दा धेरै मधेश प्रदेशका छन् । पालिका सरकारले असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने र असार मसान्तभित्र आ-आफ्नो सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ । अहिलेसम्म बजेट पेश गर्न नसकेका पालिकामा मुख्य कारण आन्तरिक विवाद रहेको छ ।...
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तरक्रिया कार्यक्रम पाल्पामा सम्पन्न

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तरक्रिया कार्यक्रम पाल्पामा सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार ११ जयराम सापकोटा । लागुओँषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको, अन्तराष्ट्रिय दिवसको अवसरमा पाल्पा जिल्लामा सप्ताहव्यापी ” स्वाथ्य, शभ्य र सुरक्षित समाजको प्रतिवद्धता लागु ओँषध दुरुपयोग विरुद्धको एक्यवद्धता ” भन्ने नाराका साथ पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ जिल्ला कार्यसमितिका सदस्य तथा पदाधिकारिहरु संगको अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । अन्र्तकृया कार्यक्रममा प्रहरी उपरिक्षक पवन कुमार भट्टाइले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुका पनि वर्दी विनाका प्रहरि भएको र लागुओँषध दुरुपयोग तथा अवैध ओसार पसार गर्ने व्यक्तिहरु पनि व्यवसायीक हिसावले नजिक हुने भएकोले दुवै तर्फको सहजिकरण गर्ने जिम्मेदारी पनि व्यवसायीहरुमा हुने भन्दै त्यसतर्फ ध्यानपुर्याउन अनुरोध गर्नुभयो । त्यस्तै कार्यक्रममा प्रमुख सेनानी भुपेन्द्र गुरुङ, सहायक प्रहरि नायक उपरिक्षक श्याम संगती महर्जन, राष्ट्रिय...
वद्रेश्वर शिवालयमन्दिर व्यवस्थापन समितिको वैठक सम्पन्न

वद्रेश्वर शिवालयमन्दिर व्यवस्थापन समितिको वैठक सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जयराम सापकोटा असार ७, वद्रेश्वर शिवालय धाम मन्दिर व्यवस्थापन समितिको समिक्ष्या वैठक सम्पन्न भएको छ । तानसेन ३ स्थीत रहेको वद्रेश्वर शिवालय धाम मन्दिरमा जेठ १९ देखि जेष्ठ २५ गते सम्म चलेको वराहपुराण महायज्ञको आम्दानी खर्च सार्वजनिक गर्ने उदेश्यले समितिको वैठक बसेको हो । वैठकमा विभिन्न उच्च पदस्थ व्यक्तिले सप्ताह अवधि भरमा भएका गतिविधि र कमि कमजोरी वारे आ आफ्नो धारणा राख्नुभएको थियो । जेष्ठ १९ देखि २५ गते सम्म चलेको महायज्ञमा करिव रु ४९८१८२ रुपिया नगद रकम उठेको र त्यसमा गुरु दक्षिणा, खाना व्यवस्थापन, वाजागाजा र साउन्डसिस्टम, प्रचार प्रसार तथा रेडियो, टेलिभिजन आदिमा गरि जम्मा खर्च रु ३९२३६६ र भएकोमा उपरोक्त आम्दानीवाट हाल सम्म भएको खर्च कटाउदा जम्मा रु १०६९२७ र वचत हुन गएको आर्थिक समिति संयोजक लक्ष्मण वस्यालले जानकारी दिनु भयो । मन्दिर व्यस्थापन समिति अध्यक्ष सरस्वती शर्माले वैठकलाई स...
बाढीले बस बगायो, यात्रु सकुशल

बाढीले बस बगायो, यात्रु सकुशल

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असार ६, नारायणघाट–बुटवलखण्डको खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासले जानकारी दिएको छ । एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गरिएको छ । बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए । पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न सकिएको छैन । रातभरी परेको पानीका कारण उक्त सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको प्रहरीले जनाएको छ ।...
विधार्थीलाई निःशुल्क चस्मा वितरण

विधार्थीलाई निःशुल्क चस्मा वितरण

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार, स्वास्थ्य
असार ६, पाल्पाको रामपुर नगरपालिकाले नगरभित्र रहेका आवासीय विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क चस्मा वितरण गरेको छ । कालिगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर रामपुरले रामपुर नगरपालिका र सेवा फाउण्डेशनको आर्थिक सहयोगमा निःशुल्क चस्मा वितरण गरेको हो । सामुदायिक विद्यालयका लागि विभिन्न सरकारी बजेट आए पनि संस्थागत विद्यालयका लागि नआउने भएकाले विद्यार्थीहरुको स्वास्थ्य सुविधाका लागि निःशुल्क आँखा जाँच तथा चस्मा वितरण गरिएको नगर प्रमूख रमण बहादुर थापाले बताए । मानिसको सबै भन्दा संवेदनशिल  आँखा भएकाले यसको सुरक्षा र हेरचाहमा ध्यान दिन विद्यार्थीहरुलाई उनले आग्रह समेत गरेका हुन् । कार्यक्रममा रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय र भूपू सैनिक राईजिङ ईङ्गलिस बोर्डिङ स्कुलका १ सय १८ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा वितरण गरिएको हो । कालिगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर सहयोग समितिका...
बाग्लुङमा कृषि उत्पादनलाई विशेष जोड

बाग्लुङमा कृषि उत्पादनलाई विशेष जोड

ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, लुम्बिनी, समाचार
असार ६, बागलुङ जिल्लाको गलकोट नगरपालिकाले नगरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने भएको छ । बिहीबार गलकोटनगरप्रमूखले गलकोट नगरपालिकामा आवश्यक कृषि उत्पादनहरु पालिका भित्रै उत्पादन गर्ने र आत्मनिर्भर बनाउने योजना सहित आर्थिक वर्ष २०८२र०८३ को नीति कार्यक्रम सार्वजनिक बताए गरे । उनले त्यसकालागि किसानलाई उत्पादनको आधारमा अनुदान दिने बताए । गलकोट नगरपालिका नगरसभाको बिहीबारबाट सुरु भएको १७ औँ अधिवेसनमा उत्पादन कृषकको, प्रोत्साहन नगरको नारा सहित व्यवसायिक कृषि, मौरीपालन व्यवसाय, उद्योग सञ्चालन गरेका व्यवसायीलाई उत्पादनको दायरा, परिमाण क्षेत्रफल लगायतका आधारलाई मापदण्ड बनाएर उत्पादनमा आधारित प्रोत्साहन रकम प्रदान गर्ने उल्लेख छ । नगरप्रमुखले आर्थिक विकासको मुख्य आधार कृषिलाई मान्दै कृषिमा आधुनिकीकरण सहितको व्यवसायीकरण, खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूति सहितको उद्देश्यमा दीगो व्यवसायिक विस...
सम्मान तथा पुरस्कार अर्पण समारोह सम्पन्न

सम्मान तथा पुरस्कार अर्पण समारोह सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार ३, धातानन्द शर्मा गैरे । तानसेन नगर प्रज्ञा प्रतिष्ठानले एक समारोहको आयोजना गरी वरिष्ठ समाजसेवी, तानसेनकी चर्चित ढाका उद्यमी पूर्णमाया महर्जनलाई दीर्घसेवा सम्मान तथा चर्चित उपन्यास ‘सावर्णि’का लेखक डा.श्रीधर खनाललाई उत्कृष्ट कृति पुरस्कारले सम्मान गरेको छ । दुवै व्यक्तित्त्वलाई माला, पदक, दोसल्ला, उपहार र नगद जनही रु ६८ हजार अर्पण गरी सम्मान गरिएको हो ।समारोहमा डा.शंकरप्रसाद गैरेले सम्मानित व्यक्तित्त्व पूर्णमाया महर्जनको व्यक्तित्त्व र योगदानको परिचय प्रस्तुत गर्दै २०१५ सालमा उहाँको परिवारले स्थापना गरेको ढाका उद्योगले पाल्पाको पहिचानलाई देशविदेश पु¥याउन सहयोग पुगेको, धेरैलाई रोजगारी प्रदान गरेको भन्दै उहाँको विशिष्ठ समाजसेवाबारे चर्चा गर्नुभयो । त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख डा.टंकप्रसाद पंथले अर्का सम्मानित व्यक्तित्त्व डा.श्रीधर खनालको परिचय प्रस्तुत गर्ने क्रममा उहाँ चि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज