बाग्लुङमा कृषि उत्पादनलाई विशेष जोड

असार ६,
बागलुङ जिल्लाको गलकोट नगरपालिकाले नगरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने भएको छ । बिहीबार गलकोटनगरप्रमूखले गलकोट नगरपालिकामा आवश्यक कृषि उत्पादनहरु पालिका भित्रै उत्पादन गर्ने र आत्मनिर्भर बनाउने योजना सहित आर्थिक वर्ष २०८२र०८३ को नीति कार्यक्रम सार्वजनिक बताए गरे ।

उनले त्यसकालागि किसानलाई उत्पादनको आधारमा अनुदान दिने बताए । गलकोट नगरपालिका नगरसभाको बिहीबारबाट सुरु भएको १७ औँ अधिवेसनमा उत्पादन कृषकको, प्रोत्साहन नगरको नारा सहित व्यवसायिक कृषि, मौरीपालन व्यवसाय, उद्योग सञ्चालन गरेका व्यवसायीलाई उत्पादनको दायरा, परिमाण क्षेत्रफल लगायतका आधारलाई मापदण्ड बनाएर उत्पादनमा आधारित प्रोत्साहन रकम प्रदान गर्ने उल्लेख छ ।

नगरप्रमुखले आर्थिक विकासको मुख्य आधार कृषिलाई मान्दै कृषिमा आधुनिकीकरण सहितको व्यवसायीकरण, खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूति सहितको उद्देश्यमा दीगो व्यवसायिक विस्तारद्वारा कृषि क्षेत्रलाई प्रतिस्पर्धी र आय आर्जन उन्मुख गराउने उल्लेख छ ।

निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गर्दै सामुहिक तथा सहकारी खेती प्रणालीमा जोड दिदै नगरपालिकाले माटोको परीक्षण गर्ने र माटोको उत्पादन क्षमताको आधारमा कृषि प्रणाली अगाडि बढाउन तथा माटोको उत्पादन क्षमतामा विकास गर्न प्राङ्गारिक खेती प्रणालीलाई बढावा दिने उल्लेख गरिएको छ ।

नगपालिकालाई अण्डा र दूधमा आत्मनिर्भर बनाउन विशेष कार्यक्रम सञ्चालन गर्ने, बाख्रापालन कुखुरापालन हाँसपालन माछा पालन लगायतका काममा लाग्ने कृषकहरुलाई विशेष प्रोत्साहन सहित बाख्राखोर सुधार, गाइ भैँसी गोठ सुधारकालागि कार्यक्रम सञ्चालन गर्नुका साथै पशु सेवा केन्द्रबाट ४० प्रतिशत अनुदानमा औषधी वितरण जस्ता विभिब कार्यक्रम ल्याइने गरिने नगरप्रमूखले बताए ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज