आज यी प्रदेशमा वर्षा र चट्याङको सम्भावना

वैशाख १३,
हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा बादल लागेको छ भने सुदूरपश्चिमको तराईमा मौसम प्रायः सफा रहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनीको तराईमा पनि एक-दुई स्थानमा वर्षा हुन सक्छ ।

राति पनि देशका अधिकांश पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज