असार १३,
हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२ / ८३ का लागि रु ४७ करोड ६५ लाख ४ सय ९९ रुपैयाँ बराबरको बजेट पारित गरेको छ । गाउँपालिकाले आन्तरिक स्रोत, संघीय सरकार, प्रदेश सरकार, साझेदारी कार्यक्रम र विभिन्न विकास साझेदार संस्थाहरूको सहकार्यबाट प्राप्त हुने स्रोतहरू समेटेर आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ४७ करोड ६५ लाख ४ सय ९९ रुपैयाँ बराबरको बजेट पारित गरिएको हो ।
बजेटसँगै प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, सडक पूर्वाधार, खानेपानी, रोजगार र सामाजिक सुरक्षा लाई उच्च प्राथमिकतामा राखि खार्पुनाथलाई स्मार्ट गाउँपालिका बनाउने दीर्घकालीन लक्ष्य समेत अगाडि सारिएको छ । साथै महिला सशक्तिकरण, पर्यटन प्रवर्द्धन, जलवायु अनुकूल विकास, जैविक विविधता संरक्षण र वातावरणमैत्री पूर्वाधार र डिजिटल सेवा विस्तार जस्ता विषय विशेष प्राथमिकतामा आएका छन् ।