लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तरक्रिया कार्यक्रम पाल्पामा सम्पन्न

असार ११
जयराम सापकोटा ।
लागुओँषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको, अन्तराष्ट्रिय दिवसको अवसरमा पाल्पा जिल्लामा सप्ताहव्यापी ” स्वाथ्य, शभ्य र सुरक्षित समाजको प्रतिवद्धता लागु ओँषध दुरुपयोग विरुद्धको एक्यवद्धता ” भन्ने नाराका साथ पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ जिल्ला कार्यसमितिका सदस्य तथा पदाधिकारिहरु संगको अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

अन्र्तकृया कार्यक्रममा प्रहरी उपरिक्षक पवन कुमार भट्टाइले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुका पनि वर्दी विनाका प्रहरि भएको र लागुओँषध दुरुपयोग तथा अवैध ओसार पसार गर्ने व्यक्तिहरु पनि व्यवसायीक हिसावले नजिक हुने भएकोले दुवै तर्फको सहजिकरण गर्ने जिम्मेदारी पनि व्यवसायीहरुमा हुने भन्दै त्यसतर्फ ध्यानपुर्याउन अनुरोध गर्नुभयो ।

त्यस्तै कार्यक्रममा प्रमुख सेनानी भुपेन्द्र गुरुङ, सहायक प्रहरि नायक उपरिक्षक श्याम संगती महर्जन, राष्ट्रिय अनुसन्धान अधिकृत टिकाराम पान्डे, जिल्ला प्रसासन अधिकृत रमा श्रेष्ठ तथा दिनेश ज्ञवाली, पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायीका पदाधिकारि एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसाय संघका अध्यक्ष लक्ष्मण वस्याल,महासचिव जयराम सापकोटा, पुर्व सचिव अमृत नेपाल, कोषाध्यक्ष अमन श्रेष्ठ,कार्यसमिति सदस्य टंक घिमिरे, राम प्रसाद खनाल, कमल पान्डे लगायतले वोल्नु भएकोथियो । कार्यक्रम निमित्त जिल्ला प्रसासन अधिकारि ऋषिराम सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज