एसइई नतिजा एक साताभित्र सार्वजनिक हुने

असार १२,
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएको छ।

उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य सकिएको छ भने हाल प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।

गत वर्ष चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज