ब्यापार

अब आधा ग्यास सिलिन्डर पाइने

अब आधा ग्यास सिलिन्डर पाइने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, लुम्बिनी, समाचार
फागुन २९, नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न सिलिन्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ । निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हालको परिस्थितिलाई ध्यानमा राख्दै आजदेखि अर्को निर्णय नभएसम्म प्रत्येक ग्यास सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरेर बिक्री गरिनेछ । यसरी आधा भरिएको सिलिन्डरको मूल्य ९५५ रुपैयाँ तोकिएको छ । मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा असर परेको निगमले जनाएको छ ।...
पाल्पाको विकास यात्रामा सोमप्रसाद पाण्डेय

पाल्पाको विकास यात्रामा सोमप्रसाद पाण्डेय

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, राजनीति, लुम्बिनी, समाचार
निराजन पौडेल फागुन १७, पाल्पा । सोमप्रसाद पाण्डेय लाई धेरैले केवल राजनीतिक व्यक्तित्वका रूपमा मात्र होइन, विकासप्रतिको अटुट विश्वासका रूपमा सम्झिन्छन् । गाउँघरका चौतारीदेखि बजारका चियापसलसम्म जब विकास, पूर्वाधार र सम्भावनाको चर्चा हुन्छ, त्यहाँ उनको योगदान अनिवार्य रूपमा जोडिन्छ । पाल्पाको समग्र उन्नतिलाई व्यक्तिगत दायित्व ठानी निरन्तर सक्रिय रहने शैलीले उनलाई विकासप्रेमी नेताका रूपमा एउटा छुट्टै पहिचान दिलाएको छ । जिल्लाका दुर्गम गाउँसम्म सडक विस्तार हुनु केवल भौतिक पूर्वाधार निर्माण मात्र नभई स्थानीय जीवनशैलीमा आएको सकारात्मक परिवर्तनको संकेत पनि हो । खानेपानी योजनाको विस्तारले वर्षौंदेखि समस्या झेलिरहेका बस्तीमा राहत दिएको छ । विशेषगरी तानसेनका लागि ल्याइएको कालिगण्डकि लिफ्टिङ खानेपानी आयोजना यहाँका बासिन्दाका लागि महत्वपूर्ण उपलब्धि मानिन्छ । उनको पहलमा अघि बढाइएका आयोजनामध्ये ...
मगर संस्कृतिको जगेर्ना मेरो प्राथमिकताः उम्मेदवार गैरे

मगर संस्कृतिको जगेर्ना मेरो प्राथमिकताः उम्मेदवार गैरे

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, राजनीति, लुम्बिनी, समाचार
फागुन १६, पाल्पा क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेकपा एमालेका नेता ठाकुर प्रसाद गैरेले नेपालको पहिचान र समृद्धिमा मगर समुदायको योगदान अतुलनीय रहेको बताउनुभएको छ । ४४ औं मगर एकता दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदै उहाँले मगर समुदायको भाषा, साहित्य, कला र संस्कृति सम्पूर्ण नेपालीले गर्व गर्नुपर्ने सम्पदा भएको उल्लेख गर्नुभयो । ४४ औं मगर एकता दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदै उम्मेदवार गैरेले मगर समुदायलाई शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले मगर समुदायको भाषा, साहित्य, कला र संस्कृति सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको बताउनुभयो । समुन्नत नेपाल निर्माणमा मगर समुदायको ऐतिहासिक र अतुलनीय योगदान रहेको उल्लेख गर्दै गैरेले उनीहरूको जायज माग सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । “भाषा, धर्म र जातीय सद्भाव कायम राख्दै...
रास्वपाको घरदैलो अभियान तीव्र, वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने मतदाताको धारणा

रास्वपाको घरदैलो अभियान तीव्र, वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने मतदाताको धारणा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, लुम्बिनी, समाचार
निराजन पौडेल फागुन १५, पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घरदैलो अभियान दिनप्रतिदिन तीव्र बन्दै गएको छ । हिजो तानसेन बजार क्षेत्र अन्तर्गत विशाल बजार, तेस्रो सडक, बडिज्ञान टोल, नारायणथान, मिभिसेन टोल हुँदै मिसन अस्पताल तानसेन सम्म घरदैलो कार्यक्रम सम्पन्न भएको थियो । अभियानका क्रममा पार्टीका नेता कार्यकर्ताले घरघरमै पुगेर मतदातासँग भेटघाट गरेका थिए । स्थानीय बासिन्दाले विगतमा पुराना राजनीतिक दललाई मत दिए पनि जनताले चाहे अनुसार विकास, सुशासन र रोजगारीका अवसर प्राप्त नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । अधिकांश नागरिकले तानसेन बजारको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको, स्वास्थ्य, शिक्षा तथा युवापलायन जस्ता समस्याबारे गुनासो पोखेका थिए । नेताहरू निर्वाचनपछि जनताबाट टाढा हुने प्रवृत्तिप्रति असन्तोष जनाउँदै अब वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने धारणा धेरैले व्यक्त गर...
सुनको भाउ आज

सुनको भाउ आज

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
सुनको मूल्य आज स्थीर छ । हिजो जस्तै तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँ मा कारोबार भैरहेको छ ।  आइतबार, सोमबार र  मंगलबार सुनको भाउ बढेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा एक सय ३० रुपैयाँले बढेको छ । भाउ बढेर चाँदी आज तोलाको ५ हजार ७ सय १५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तोलामा १ हजार ५०० रुपैयाँले घट्यो सुनको भाउ

तोलामा १ हजार ५०० रुपैयाँले घट्यो सुनको भाउ

Breaking News 1, ब्यापार, समाचार
फागुन ६, सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ । हिजो ९ सय रुपैयाँले घटेको सुन आज १ हजार ५ सय रुपैयाँले घटेर तोलाको ३ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँ थियो ।त्यस्तै,चाँदी तोलाको ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
पाल्पाको जलेश्वर धाममा ११ दिने शिवपुराण महायज्ञ

पाल्पाको जलेश्वर धाममा ११ दिने शिवपुराण महायज्ञ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, लुम्बिनी, समाचार
माघ २९, पाल्पाको रिब्दीकोट गाउँपालिका–५ स्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल जलेश्वर धाममा ११ दिने शिवपुराण महायज्ञ भएको छ। महायज्ञ मूल आयोजक समितिको आयोजना, रिब्दीकोट गाउँपालिकाको संरक्षकत्व तथा विश्व हिन्दु महासंघ पाल्पाको सहकार्यमा कार्यक्रम सञ्चालन भइरहेको हो । माघ २२ गतेदेखि सुरु भएको महायज्ञ फागुन ३ गतेसम्म सञ्चालन हुनेछ। महायज्ञ अवधिभर प्रमुख वाचक भिमलाल भट्टराईले संगीतपूर्ण शैलीमा शिवपुराण कथा वाचन गर्ने आयोजक समितिका अध्यक्ष बेणिमाधव आचार्यले जानकारी दिए ।...
तोलामा साढे १४ हजारले बढ्यो सुनको मूल्य

तोलामा साढे १४ हजारले बढ्यो सुनको मूल्य

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
माघ २१, नेपाली बजारमा सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो । आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्नेछ । हिजो दुई लाख ९० हजार ३०० रुपैयाँ थियो ।  
बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

Breaking News 2, अर्थ, ताजा अपडेट, ब्यापार
३० भदौ । सोमबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । आइतबार तोलाको २ लाख १५ हजार १ सयमा कारोबार भएको सुनको भाउ सोमबार भने सामान्य बढेको हो ।  तोलामा १ सय रुपैयाँले बढेर सुनको भाउ सोमबार २ लाख १५ हजार २ सयमा कारोबार भइरहेको छ । यस्तै चाँदीको भाउ पनि बढेको छ । सोमबार चाँदीको भाउ प्रतितोला २ हजार ५ सय ७५ रुपैयाँ रहेको छ । यो भाउ आइतबारको तुलनामा तोलाको ५ रुपैयाँले बढी हो ।...
आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्य स्थिर

ताजा अपडेट, ब्यापार, समाचार
भदौ १९, आज  बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन । बुधबार प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन । चाँदीको मोल पनि यथावत छ । हिजो चाँदीको मूल्य प्रतितोला दुई हजार ४८० रुपैयाँ कायम भएको थियो ।  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज