विधार्थीलाई निःशुल्क चस्मा वितरण

असार ६,
पाल्पाको रामपुर नगरपालिकाले नगरभित्र रहेका आवासीय विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क चस्मा वितरण गरेको छ । कालिगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर रामपुरले रामपुर नगरपालिका र सेवा फाउण्डेशनको आर्थिक सहयोगमा निःशुल्क चस्मा वितरण गरेको हो ।

सामुदायिक विद्यालयका लागि विभिन्न सरकारी बजेट आए पनि संस्थागत विद्यालयका लागि नआउने भएकाले विद्यार्थीहरुको स्वास्थ्य सुविधाका लागि निःशुल्क आँखा जाँच तथा चस्मा वितरण गरिएको नगर प्रमूख रमण बहादुर थापाले बताए । मानिसको सबै भन्दा संवेदनशिल  आँखा भएकाले यसको सुरक्षा र हेरचाहमा ध्यान दिन विद्यार्थीहरुलाई उनले आग्रह समेत गरेका हुन् ।

कार्यक्रममा रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय र भूपू सैनिक राईजिङ ईङ्गलिस बोर्डिङ स्कुलका १ सय १८ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा वितरण गरिएको हो । कालिगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर सहयोग समितिका सदस्य दुर्गा प्रसाद भट्टराईले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आँखा जाँच गरि चस्मा वितरण गरिएको बताए ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज