फागुन २९,
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न सिलिन्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ ।
निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हालको परिस्थितिलाई ध्यानमा राख्दै आजदेखि अर्को निर्णय नभएसम्म प्रत्येक ग्यास सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरेर बिक्री गरिनेछ । यसरी आधा भरिएको सिलिन्डरको मूल्य ९५५ रुपैयाँ तोकिएको छ ।
मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा असर परेको निगमले जनाएको छ ।