अर्थ

आजको सेयर बजार

आजको सेयर बजार

अर्थ, ताजा अपडेट, समाचार
मंसिर १५, हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव २८ प्रतिशतले घटेर २ हजार ६ सय ४५ दशमलव २४ विन्दुमा झरेको छ । आज विकास बैंक, फाइनान्स, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय २६ वटा कम्पनीको शेयर घटेकोमा १ सय २४ वटाको बढेको छ । यस्तै ८ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज निफ्रा ग्रीन इनर्जी डिबेन्चर सबैभन्दा धेरै साढे ९ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका १ करोड ८ लाख कित्ता शेयर ४ अर्ब ७१ करोड रुपैयाँमा किनबेच भएको छ ।...
सुनको मूल्यमा भारी गिरावट, एकै दिन ४ हजार २ सयले घट्यो

सुनको मूल्यमा भारी गिरावट, एकै दिन ४ हजार २ सयले घट्यो

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट
असोज २४, सुनको मूल्यमा भारी गिरावट आएको छ । शुक्रबार मात्रै सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैंयाँले घटेको छ । बिहीबार प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै चाँदीको भने बिहीबार प्रतितोला ३ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

अर्थ, ताजा अपडेट
असोज २२, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७७, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ र बिक्रीदर १९० रुपैयाँ ८१ पैसा कायम गरिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । Currency Unit Buy ...
तेस्रो नेगेटिभ सर्किटपछि बन्द भयो शेयर कारोबार

तेस्रो नेगेटिभ सर्किटपछि बन्द भयो शेयर कारोबार

Breaking News 2, अर्थ, शेयर बजार, समाचार
असोज २ । बिहीबार शेयर बजार कारोबार अनपेक्षित हुँदै बन्द भएको छ । सबैले अनुमान गरेको भन्दा फरक ढंगले कारोबारमा लगातार नेगेटिभ सर्किट ब्रेक हानेपछि अन्ततः कारोबार नै बन्द भएको छ । बिहीबारको कारोबारमा तीन पटक सम्म नेगेटिभ सर्किट लागेको छ । यो सँगै आजका लागि भने कारोबार बन्द गरिएको छ । एक हप्तापछि खुलेको शेयर बजार आज ६ प्रतिशत घटेर बन्द भएको हो । लगातार तेस्रो नेगेटिभ सर्किट लागेपनि आइतबार भने शेयर बजारमा राम्रो कारोबार हुने अनुमान शेयर क्षेत्रका विज्ञले गरेका छन् । धेरै दिनपछि आज कारोबार शुरु भएको र जेन जी आन्दोलनले गर्दा आर्थिक प्रभावका कारण पनि आजको शेयर बजार प्रभावित भएको हुन सक्ने अनुमान छ । यसबाट निराश नहुन पनि विज्ञको सुझाव छ ।...
आशलाग्दा अर्थमन्त्री कुर्सीमाः शेयर बजारमा कस्तो प्रभाव पर्ला ?

आशलाग्दा अर्थमन्त्री कुर्सीमाः शेयर बजारमा कस्तो प्रभाव पर्ला ?

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शेयर बजार, समाचार
भदौ ३०, निराजन पौडेल, पाल्पा । अर्थमन्त्री रामेश्वर खनालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आजै उनी अर्थ मन्त्रालय पुगेर पद पनि सम्हालेका छन् । उनको पहिलो निर्णयका रुपमा टुक्रे योजनालाई एकिकृत गर्ने तर्फ कदम बढाएका छन् । आज मात्रै नियुक्ति भएका तीन मन्त्रीहरु सबै उर्जावान् र आशलाग्दा त छन् नै तर अर्थमन्त्रालय जस्तो संवेदनशील र अत्यन्तै जटिल मन्त्रालय सम्हालेका मन्त्री जहिले पनि बढि नै केन्द्रमा हुने गर्दछन् । यसमा पनि जेन जी को योगदानमूलक आन्दोलनबाट रोजाइमा परेका अहिलेका अर्थमन्त्री हुन् खनाल । उनीबाट धेरै विषयमा आश राखेका छन् नेपाली जनताले र नेपालको अर्थतन्त्रले पनि । एक किसिमले भन्ने हो भने भरखरै आन्दोलनबाट उठ्न लागेको सरकारलाई सम्हालेर अगाडि बढ्ने चुनौति अर्थसँग मात्रै जोडिँदैन । तर स्वयम् प्रधानमन्त्री सुशीला कार्की समेतको कार्य मूल्यांकनमा प्रभाव पार्नेछ अहिलेको अर्...
बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

Breaking News 2, अर्थ, ताजा अपडेट, ब्यापार
३० भदौ । सोमबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । आइतबार तोलाको २ लाख १५ हजार १ सयमा कारोबार भएको सुनको भाउ सोमबार भने सामान्य बढेको हो ।  तोलामा १ सय रुपैयाँले बढेर सुनको भाउ सोमबार २ लाख १५ हजार २ सयमा कारोबार भइरहेको छ । यस्तै चाँदीको भाउ पनि बढेको छ । सोमबार चाँदीको भाउ प्रतितोला २ हजार ५ सय ७५ रुपैयाँ रहेको छ । यो भाउ आइतबारको तुलनामा तोलाको ५ रुपैयाँले बढी हो ।...
घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

अर्थ, समाचार
२९ भदौ । आइतबार सुनको भाउमा सामान्य गिरावट आएको छ । शुक्रबार तोलाको २ लाख १५ हजार ८ सयमा कारोबार भएको सुनको भाउ आइतबार भने सामान्य घटेको हो । आइतबार तोलामा ७ सय रुपैयाँले घटेर सुनको भाउ २ लाख १५ हजार १ सयले कारोबार भइरहेको छ । यस्तै चाँदीको भाउ भने बढेको छ । आइतबार चाँदीको भाउ प्रतितोला २ हजार ५ सय ७० रुपैयाँ रहेको छ । यो भाउ शुक्रबारको तुलनामा तोलाको ५ रुपैयाँले बढी हो ।...
नेपाल भित्रियो उड्ने कार

नेपाल भित्रियो उड्ने कार

Breaking News 1, अर्थ, ब्यापार, समाचार
भदौ ३ । मानिसले कल्पना गरे जस्तै विदेशमा उड्ने कार बनेको भन्ने विभिन्न समाचारका बीच अब नेपालमै पनि उड्ने कार आइपुगेको छ । केही दिन अघि नेपाल र चीनको नाकामा उड्ने कार बोकेर मानिसहरु हिँडी रहेको दृष्य भाइरल भएको थियो । त्यसको केही दिनमै उक्त कार काठमाडौं पुगेको छ । मंगलबारबाट काठमाडौंमा शुरु भएको नाडा अटो शो मा उड्ने कार प्रदर्शनमा राखिएको छ । उक्त कार हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका छन् । उक्त शो मा अहिले निकै आकर्षणका रुपमा रहेको उड्ने कार हेर्नेहरुको भिड लागेको छ । दर्शकहरुले हेर्ने र फोटोहरु खिच्ने गरेका छन् । यतिवेला सामाजिक सञ्जालमा पनि उड्ने कार भाइरल भइरहेको छ ।...
आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

अर्थ
साउन ११, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ २१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०८ रुपैयाँ २३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको ...
पेट्रोलियम पर्दाथको मूल्य घट्यो

पेट्रोलियम पर्दाथको मूल्य घट्यो

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार ३२, नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँको दरले घटाएको हो ।  
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज