११ असार,
देशभरका सात सय ५३ मध्ये सात सय एक पालिकाले आउदो आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् भने ५२ वटा पालिकाले अहिले सम्म सार्वजनिक गर्न सकेका छैनन् । बजेट पेश नगर्नेमा सबैभन्दा धेरै मधेश प्रदेशका छन् ।
पालिका सरकारले असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने र असार मसान्तभित्र आ-आफ्नो सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।
अहिलेसम्म बजेट पेश गर्न नसकेका पालिकामा मुख्य कारण आन्तरिक विवाद रहेको छ ।