स्वास्थ्य

गुल्मीको सत्यवतीमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया, २६ जनाको सफल उपचार

गुल्मीको सत्यवतीमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया, २६ जनाको सफल उपचार

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार, स्वास्थ्य
माघ २५, गुल्मीको सत्यवती गाउँपालिकामा दुई दिने निःशुल्क आँखा उपचार तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ। माघ २१ र २२ गते जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा ३७४ जनाको आँखा परीक्षण तथा उपचार गरिएको थियो भने २६ जना मोतियाबिन्दुका बिरामीको सफलतापूर्वक निःशुल्क शल्यक्रिया गरिएको छ। शिविर सत्यवती गाउँपालिका र नेपाल नेत्र ज्योति सङ्घ गुल्मीको सहकार्यमा सम्पन्न भएको थियो ।...
आजदेखी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने

आजदेखी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्वास्थ्य
माघ २५, आज देखी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । कक्षा ६ मा पढ्ने र विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन लागिएको हो । गत वर्षको एचपीभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्षका विद्यालयबाहिरका किशोरीलाई पनि सोही अभियानअन्तर्गत खोप लगाउन लागिएको हो । पाल्पामा पनि दुई हजार बढी किशोरीलाई खोप लगाउन लागिएको छ । जिल्लाका दश स्थानीय तहमा रहेका एक सय ९६ वटा सामुदायिक र ३१ वटा संस्थागत विद्यालयका दुई हजार ४३ जना किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।  माघ २५ गतेदेखि फागुन २ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले बताए । पाल्पामा कक्षा ६ मा अध्ययनरत एक हजार ९ सय ९५ जना, कक्षा ७ देखि १० सम्मका छुट ३५ जना, विद्या...
बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्राशन खुवाइदै

बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्राशन खुवाइदै

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्वास्थ्य
भदौ ०५ सरकारले ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्राशन खुवाउने राष्ट्रिय कार्यक्रम आजदेखि सुरु गर्ने भएको छ। धनगढी आयुर्वेद अस्पतालबाट स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यस कार्यक्रमको शुभारम्भ गर्नेछन्। स्वर्णप्राशन घ्यू, मह र सुनको भष्म मिसाएर बनाइने आयुर्वेदिक पोषक तत्त्व हो। यो कार्यक्रम हाल २५ जिल्लामा सुरु हुने र आउँदो वर्षदेखि देशभर लागू हुने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ। डा. श्यामबाबु यादवका अनुसार, यो कार्यक्रमले बालबालिकाको शरीरमा रोगसँग लड्ने क्षमता बढाइ "निरोगी नेपाल" अभियानलाई सहयोग गर्नेछ।...
अब विपन्न नागरिकको उपचार बीमाबाट

अब विपन्न नागरिकको उपचार बीमाबाट

ताजा अपडेट, समाचार, स्वास्थ्य
भदौ ०५, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य उपचारसम्बन्धी छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्न शुरुआत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य उपचारसम्बन्धी छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्न शुरुआत गरेको छ । निर्देशिका स्वीकृत गर्दै मन्त्री पौडेलले सरकार विपन्न नागरिकको स्वास्थ्य उपचारप्रति प्रतिबद्ध रहेको र आफ्नो कार्ययोजना अनुसार बीमा कार्यक्रमलाई थप एकीकृत, व्यवस्थित र पारदर्शी बनाउन सक्रिय रहेको बताए । निर्देशिकाले विपन्न नागरिक उपचार कार्यक्रममार्फत प्रदान गरिँदै आएको ८ प्रकारका कडा रोगको उपचारको भुक्तानी स्वास्थ्य बीमा बोर्डमार्फत प्रदान गर्ने गरी एकद्वार प्रणालीको व्यवस्था गरेको छ । साथै विपन्न नागरिकको सेवा लिन अनिवार्य स्वास्थ्य बीमा भएको हुनुपर्ने प्रावधान राखेको छ ।...
जापानिज इन्सेफ्लाइटिसबाट ११ को मृत्यु, ६३ जनामा सङ्क्रमण

जापानिज इन्सेफ्लाइटिसबाट ११ को मृत्यु, ६३ जनामा सङ्क्रमण

Breaking News 2, समाचार, स्वास्थ्य
भदौ ०४ , जापानिज इन्सेफ्लाइटिस का कारण हालसम्म ११ जनाको ज्यान गएको छ भने ६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान, अर्घाखाँचीमा एक–एक जना र चितवनमा तीन जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा ८ वर्षका एक, १७ वर्षका एक र ४० वर्षमाथिका ९ जना छन्। गतवर्ष २५ जनाको मृत्यु भएको यो रोग मुख्यतः साउनदेखि कात्तिकसम्म देखिने र क्युलेक्स लामखुट्टे मार्फत सर्ने जनाइएको छ। खोप नलगाएकामा जोखिम बढी हुने भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्।...
नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाको ३७औं साधारणसभा सम्पन्न

नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाको ३७औं साधारणसभा सम्पन्न

ट्रेन्डिङ, लुम्बिनी, समाचार, स्वास्थ्य
साउन २७, जयराम सापकोटा । नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाको ३७औं साधारणसभा तथा १०औं अधिवेशन पाल्पामा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख आतिथ्य संस्थाकी केन्द्रीय उपाध्यक्ष शोभा शाक्यले गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी तोयनाथ सुवेदी, खानेपानी उपभोक्ता समिति अध्यक्ष मोहन प्रसाद श्रेष्ठ, नेत्रज्योति संघ अध्यक्ष बुद्धि प्रसाद शर्मा, उद्योग वाणिज्य संघ अध्यक्ष शैलेन्द्र भट्टराई, आजीवन सदस्य रमा पन्थी लगायतले शुभकामना मन्तव्य राख्दै अधिवेशनको पूर्ण सफलताको कामना गरेका थिए। अधिवेशनमा संस्थाका सचिव झपेन्द्र गैरेले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शरोजलाल शाक्यले अडिट प्रतिवेदनसहित रु.२४ लाख ६४ हजार २५ रुपैयाँ ४६ पैसाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमले विधान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ...
आज राष्ट्रिय कोदो दिवस मनाइदै

आज राष्ट्रिय कोदो दिवस मनाइदै

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्वास्थ्य
साउन १६, कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाइँदैछ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा ‘कोदोजन्य परिकारको आहार ; खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम हुँदैछन् ।देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने कृषि विभागको भनाइ छ ।...
पाल्पामा १०० जनामा डेंगु संक्रमण पुष्टि

पाल्पामा १०० जनामा डेंगु संक्रमण पुष्टि

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार, स्वास्थ्य
साउन ५ , पाल्पामा यो वर्ष एक सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार गत जनवरीदेखि हालसम्म सो संख्यामा संक्रमण पुष्टि भएको हो। सक्रमित हुनेमा सबैभन्दा धेरै जुन महिनामा ३२ जना रहेका छन। यस्तै जुलाई महिनाको हालसम्म १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यो समयमा पानी पर्ने समय भएका कारण लामखुट्टेको वृद्धि विकासमा टेवा पुग्ने हुँदा संक्रमण फैलिएको हो । पछिल्ला वर्षहरुमा जिल्लामा डेंगुको संक्रमण प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । जसका लागि लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाए अपनाउन र सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।...
पाल्पामा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै

पाल्पामा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्वास्थ्य
असार ३, पाल्पा जिल्लामा कुपोषण हुने बालबालिकाको सङ्ख्या वर्षेनी बढिरहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। आर्थिक वर्ष २०८०/८१ मा कडा कुपोषित २८ जना बालबालिका थिए भने २०८१/८२ मा बढेर ४१ पुगेका छन्। स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलका अनुसार १० देखि १८ वर्ष उमेर समूहमा कुपोषणको अवस्था गम्भीर बन्दै गएको छ। मध्यम खालको कुपोषण पनि अघिल्लो वर्षको १२९ बाट यो वर्ष १८४ पुगेको छ। जिल्लाभरका ८,७२९ बालबालिकामा गरिएको परीक्षणमा सहरी क्षेत्रका बालबालिकामा, विशेषगरी बालिकामा, कुपोषणको अवस्था बढी देखिएको छ। कडा कुपोषण रामपुर र तानसेन नगरपालिकामा बढी पाइएको छ भने मध्यम कुपोषण बगनासकाली, रामपुर र तानसेनमा बढी देखिएको छ। अधिकृत विश्वनाथ न्यौपानेका अनुसार सहरी क्षेत्रमा पत्रु खानाको प्रयोग बढ्दै गएकाले कुपोषण पनि बढिरहेको हो।...
विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
असार १३, गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरूमा मुसिकोट नगरपालिका –४ अन्र्तगत दिगामचौर निवासी ६८ वर्षीय फुलमाया कुमाल, ७६ वर्षका थम्मन बहादुर कुमाल र ३६ वर्षीय गिता कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहीनायव उपरिक्षक गंगा बहादुर सारुले जानकारी दिएका छन् । बिहीबार दिउसोे जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि राती नै उनीहरूलाई टाउको दुख्ने रिंगाटा लाग्ने र बान्ताहुने जस्ता लक्षण देखिएको बताइएको छ । बिरामी परेका तिनै जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भैरहेको र उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज