वद्रेश्वर शिवालयमन्दिर व्यवस्थापन समितिको वैठक सम्पन्न

जयराम सापकोटा
असार ७,
वद्रेश्वर शिवालय धाम मन्दिर व्यवस्थापन समितिको समिक्ष्या वैठक सम्पन्न भएको छ । तानसेन ३ स्थीत रहेको वद्रेश्वर शिवालय धाम मन्दिरमा जेठ १९ देखि जेष्ठ २५ गते सम्म चलेको वराहपुराण महायज्ञको आम्दानी खर्च सार्वजनिक गर्ने उदेश्यले समितिको वैठक बसेको हो । वैठकमा विभिन्न उच्च पदस्थ व्यक्तिले सप्ताह अवधि भरमा भएका गतिविधि र कमि कमजोरी वारे आ आफ्नो धारणा राख्नुभएको थियो ।

जेष्ठ १९ देखि २५ गते सम्म चलेको महायज्ञमा करिव रु ४९८१८२ रुपिया नगद रकम उठेको र त्यसमा गुरु दक्षिणा, खाना व्यवस्थापन, वाजागाजा र साउन्डसिस्टम, प्रचार प्रसार तथा रेडियो, टेलिभिजन आदिमा गरि जम्मा खर्च रु ३९२३६६ र भएकोमा उपरोक्त आम्दानीवाट हाल सम्म भएको खर्च कटाउदा जम्मा रु १०६९२७ र वचत हुन गएको आर्थिक समिति संयोजक लक्ष्मण वस्यालले जानकारी दिनु भयो ।

मन्दिर व्यस्थापन समिति अध्यक्ष सरस्वती शर्माले वैठकलाई सम्वोधन गर्दे १८ पुराणमध्ये ऐले चौथो वराहपुराण अनुस्ठानमा भएको आम्दानीलाई वाट जति सक्दो कम खर्र्च गर्ने मुल समितिको लक्ष भएता पनि समयअनुसारको विभिन्न स्रोत र साधनमा न्युनतम् खर्च गरेको र आगामी दिनमा पनि यसलाई अझै नियन्त्रण गरि लैजाने वारे आफुहरुले अनुभव वटुलीरहेको भन्दै उक्त महायज्ञ सफल पार्न विभिन्न तह /तप्कावाट सहयोग गर्ने संघ संस्था र व्यक्तिहरुलाई धन्यवाद प्रदान गर्नुभएको थियो । वैठक वद्रेश्वर शिवालय धामका संरक्षक शिव शंकर गरिरिको संचालनमा चलेको थियो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज