बैशाख ०२,
बजार क्षेत्रमा बढ्दो अव्यवस्थित व्यापारका कारण पैदल यात्रु प्रभावित भएपछि बुटवल उपमहानगरपालिकाले फुटपाथ खाली गराउने अभियान थालेको छ । पूर्वसूचना दिँदा पनि अटेर भएपछि बुधबार डोजर प्रयोग गरी ठेला तथा सडक छेउका सामग्री हटाइएको हो ।
पहिलो चरणमा फुटपाथ व्यापार हटाइने र दोस्रो चरणमा सडकमा छाडा छोडिएका गाई-बस्तुको व्यवस्थापन गरिने छ । यस अभियानले शहरलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।