आमाको मुख हेर्ने पर्व देशभर श्रद्धापूर्वक मनाइँदै

बैशाख ०४,
आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर आमाको मुख हेर्ने पर्व श्रद्धा र भक्तिसाथ मनाइँदैछ । यस दिन छोराछोरीले आफ्नी आमालाई सम्मान गर्दै मीठा खानेकुरा खुवाउने, राम्रो लुगा लगाइदिने र आशीर्वाद लिने परम्परा छ ।

आमा नभएकाहरूले भने तर्पण, पिण्डदान र सिदादान गरी दिवङ्गत आमाको सम्झना गर्ने चलन रहेको छ ।

वैदिक शास्त्रअनुसार आमा पिताभन्दा पनि महान् मानिन्छिन् र “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” भन्ने उक्तिले आमा र जन्मभूमिको उच्च महत्व दर्शाउँछ ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज