विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

असार १३,
गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरूमा मुसिकोट नगरपालिका –४ अन्र्तगत दिगामचौर निवासी ६८ वर्षीय फुलमाया कुमाल, ७६ वर्षका थम्मन बहादुर कुमाल र ३६ वर्षीय गिता कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहीनायव उपरिक्षक गंगा बहादुर सारुले जानकारी दिएका छन् ।

बिहीबार दिउसोे जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि राती नै उनीहरूलाई टाउको दुख्ने रिंगाटा लाग्ने र बान्ताहुने जस्ता लक्षण देखिएको बताइएको छ । बिरामी परेका तिनै जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भैरहेको र उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज