समाचार

आमाको मुख हेर्ने पर्व देशभर श्रद्धापूर्वक मनाइँदै

आमाको मुख हेर्ने पर्व देशभर श्रद्धापूर्वक मनाइँदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बैशाख ०४, आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर आमाको मुख हेर्ने पर्व श्रद्धा र भक्तिसाथ मनाइँदैछ । यस दिन छोराछोरीले आफ्नी आमालाई सम्मान गर्दै मीठा खानेकुरा खुवाउने, राम्रो लुगा लगाइदिने र आशीर्वाद लिने परम्परा छ । आमा नभएकाहरूले भने तर्पण, पिण्डदान र सिदादान गरी दिवङ्गत आमाको सम्झना गर्ने चलन रहेको छ । वैदिक शास्त्रअनुसार आमा पिताभन्दा पनि महान् मानिन्छिन् र “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” भन्ने उक्तिले आमा र जन्मभूमिको उच्च महत्व दर्शाउँछ ।  ...
तानसेनमा प्रदेश-स्थानीय तहबीच कानुन निर्माणबारे अन्तरक्रिया सम्पन्न

तानसेनमा प्रदेश-स्थानीय तहबीच कानुन निर्माणबारे अन्तरक्रिया सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, लुम्बिनी, समाचार
बैशाख ३ तानसेनमा प्रदेश र स्थानीय तहबीच कानुन निर्माणमा सहकार्य बढाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जनप्रतिनिधिहरूले कानुन निर्माण, कार्यान्वयन तथा त्यस क्रममा देखिएका समस्याबारे छलफल गर्दै आपसी समन्वय आवश्यक रहेको बताएका छन् । उपसभामुख मेनुका खाँड केसी, स्वास्थ्य मन्त्री खेम बहादुर सारु लगायतले व्यवहारिक जटिलता समाधानमा सहकार्यको आवश्यकता औंल्याएका थिए । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन र उपसचिव लोकमणि पाण्डेले कानुन निर्माण प्रक्रियाबारे सहजीकरण गरेका थिए । सहभागीहरूले यस्ता कार्यक्रमले स्थानीय तहको विधायिकी क्षमता अभिवृद्धि र तीन तहबीच कानुनी समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । लुम्बिनी प्रदेश सभा सचिवालयद्वारा आयोजित कार्यक्रममा सभामुख तुलाराम घर्ती मगरको अध्यक्षता रहेको थियो ।...
कालीगण्डकी नदीमा अवैध उत्खनन रोकिएन

कालीगण्डकी नदीमा अवैध उत्खनन रोकिएन

Breaking News 2, लुम्बिनी, समाचार
बैशाख ३ , विगत केही दशकदेखि अव्यवस्थित विकास र प्राकृतिक स्रोतको अत्यधिक दोहनका कारण कालीगण्डकी नदी गम्भीर संकटमा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ले नयाँ वर्ष २०८३ का अवसरमा पर्वत क्षेत्रका विभिन्न धर्मघाटमा ब्यानर प्रदर्शन गरेको छ । अभियानका संयोजकका अनुसार ढुंगा, गिटी, बालुवा लगायत नदीजन्य पदार्थको अन्धाधुन्ध उत्खननले नदीको दिगोपन घट्दै गएको छ । अवैध क्रसर उद्योग, वातावरणीय प्रभाव मूल्याङ्कनबिनाको उत्खनन, फोहोर व्यवस्थापनको अभाव र नदी किनार अतिक्रमणले नदी र आसपासका बस्ती तथा जैविक विविधता जोखिममा परेको उनले बताए । नदी क्षेत्रमा सयभन्दा बढी क्रसर उद्योग सञ्चालनमा रहेको र धेरै दर्ताबिनै चलिरहेको आरोप लगाइएको छ। यसले नदी गहिरो हुँदै बाढी, कटान तथा धार्मिक महत्त्व बोकेको शालिग्राम शिलासमेत संकटमा परेको बताइएको छ । अभियानले कालीगण्डकीमाथि भइरहेको दोहन रोक्न, अवैध गतिविधि नियन...
बुटवलमा फुटपाथ अतिक्रमण हटाउन अभियान

बुटवलमा फुटपाथ अतिक्रमण हटाउन अभियान

Breaking News 1, ट्रेन्डिङ, लुम्बिनी, समाचार
बैशाख ०२, बजार क्षेत्रमा बढ्दो अव्यवस्थित व्यापारका कारण पैदल यात्रु प्रभावित भएपछि बुटवल उपमहानगरपालिकाले फुटपाथ खाली गराउने अभियान थालेको छ । पूर्वसूचना दिँदा पनि अटेर भएपछि बुधबार डोजर प्रयोग गरी ठेला तथा सडक छेउका सामग्री हटाइएको हो । पहिलो चरणमा फुटपाथ व्यापार हटाइने र दोस्रो चरणमा सडकमा छाडा छोडिएका गाई-बस्तुको व्यवस्थापन गरिने छ । यस अभियानले शहरलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।...
पूर्व न्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पति जाँचबुझ छानबिन आयोग गठन

पूर्व न्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पति जाँचबुझ छानबिन आयोग गठन

Breaking News 2, समाचार
बैशाख ०२, सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ । पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । २०६२र०६३ देखि ०८२-०८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकल प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, आयोगमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डिराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन् ।...
अब आधा ग्यास सिलिन्डर पाइने

अब आधा ग्यास सिलिन्डर पाइने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, लुम्बिनी, समाचार
फागुन २९, नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न सिलिन्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ । निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हालको परिस्थितिलाई ध्यानमा राख्दै आजदेखि अर्को निर्णय नभएसम्म प्रत्येक ग्यास सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरेर बिक्री गरिनेछ । यसरी आधा भरिएको सिलिन्डरको मूल्य ९५५ रुपैयाँ तोकिएको छ । मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा असर परेको निगमले जनाएको छ ।...
समानुपातिकतर्फ कुन दलले कति सिट पाए

समानुपातिकतर्फ कुन दलले कति सिट पाए

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
फागुन २९, निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले समानुपातिक प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गर्दै सिट बाँडफाँट गरेको हो । आयोगले तीन प्रतिशत पार गर्ने ६ दलले प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको हो । आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपा ४ सिट प्राप्त गरेका छन् ।...
समानुपातिकतर्फ १ करोड ७ लाख मतगणना

समानुपातिकतर्फ १ करोड ७ लाख मतगणना

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
फागुन २७, समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड सात लाख २० हजार ५६७ मतगणना भएको छ । जसमा, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ । मतगणना जारी छ । प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ ।
राजीनामा दिने मनस्थितिमा गगन थापा

राजीनामा दिने मनस्थितिमा गगन थापा

Breaking News 1, समाचार
फागुन २६, नेपाली काँग्रेसका सभापति गगन थापा राजीनामा दिने मनस्थितिमा पुगेका छन् । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको कमजोर परिणामपछि राजीनामा दिने मनस्थितिमा उनी पुगेका हुन् । थापाले आज राजीनामा दिनेबारे उपसभापति विश्वप्रकाश शर्मासँग छलफल गरेका छन् । तर उपसभापति शर्माले भने चुनावी हारको जिम्मा कुनै एक व्यक्तिमाथि मात्र नथोपर्नुपर्ने र अहिले सभापतिले राजीनामा दिँदा पार्टी झनै अप्ठ्यारो अवस्थामा पर्न सक्ने भन्दै उनलाई यस्तो निर्णय नगर्न सुझाव दिएका छन् ।...
युवालाई स्वदेशमै स्वरोजगार बनाउन पहल गर्छु : उम्मेदवार गैरे

युवालाई स्वदेशमै स्वरोजगार बनाउन पहल गर्छु : उम्मेदवार गैरे

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
फागुन १८, नेकपा एमालेबाट पाल्पा क्षेत्र नं. २ का उम्मेदवार ठाकुर प्रसाद गैरेले युवाहरूलाई स्वदेशमै बस्ने र स्वरोजगार बन्ने वातावरण निर्माणका लागि आफूले नीतिगत तहमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभएको छ । चुनावी अभियानलाई तीव्र पार्दै तानसेन–१४ को अर्गली र तानसेनका विभिन्न वडामा  पुग्नुभएका उहाँले बढ्दो युवा पलायन र बसाइँसराईँ आजको मुख्य चुनौती रहेको बताउँदै त्यसको समाधानका लागि कृषिमा आधुनिकीकरण र पूर्वाधार विकासमा जोड दिने बताउनु भएको हो । मतदातको घरदैलोमा पुगेर उम्मेदवार गैरेले संविधान रक्षाका लागि एमालेको सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रहसमेत गर्नुभएको छ । उहाँले एमाले केवल सरकार बनाउने वा पद हासिल गर्ने उद्देश्यका लागि नभई मुलुकको जटिल अवस्थाबाट निकास दिन निर्वाचनमा होमिएको बताउनुभयो । यो निर्वाचन सामान्य प्रतिस्पर्धा नभएर देशको भविष्य र राष्ट्रिय हितसँग जोडिएको ऐतिहासिक अवसर रहे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज