बैशाख ३
तानसेनमा प्रदेश र स्थानीय तहबीच कानुन निर्माणमा सहकार्य बढाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जनप्रतिनिधिहरूले कानुन निर्माण, कार्यान्वयन तथा त्यस क्रममा देखिएका समस्याबारे छलफल गर्दै आपसी समन्वय आवश्यक रहेको बताएका छन् । उपसभामुख मेनुका खाँड केसी, स्वास्थ्य मन्त्री खेम बहादुर सारु लगायतले व्यवहारिक जटिलता समाधानमा सहकार्यको आवश्यकता औंल्याएका थिए । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन र उपसचिव लोकमणि पाण्डेले कानुन निर्माण प्रक्रियाबारे सहजीकरण गरेका थिए । सहभागीहरूले यस्ता कार्यक्रमले स्थानीय तहको विधायिकी क्षमता अभिवृद्धि र तीन तहबीच कानुनी समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
लुम्बिनी प्रदेश सभा सचिवालयद्वारा आयोजित कार्यक्रममा सभामुख तुलाराम घर्ती मगरको अध्यक्षता रहेको थियो ।