Author: Bihani Post

गोरु पाल्ने किसानले पाए पोषणभत्ता

गोरु पाल्ने किसानले पाए पोषणभत्ता

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
बैशाख २६, बागलुङको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । पालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई रु पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो । परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले रु आठ लाख ९० हजार पोषणभत्ता सोझै किसानको हातमा पु¥याइएको गाउपालिका अध्यक्ष बताए । गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गरेर १७८ जनालाई रु पाँच हजारका दरले पोषणभत्ता प्रदान गरेको हो । गोरु संरक्षण र मलमूत्रको उपयोगिता बढाउनका लागि पहिलो पटक यो कार्यक्रम ल्याएको साथै दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर रु साढे दुईका दरले अनुदानसमेत दिइएको छ । पालिकाले नयाँ बाख्रा पकेट विकास कार्यक्रम मार्फत अनुदान र पशुपक्षी फार्म यन्त्रिकीकरणम...
नेपाली महिला टोलीले भोलिदेखि टी–२० विश्वकप एशिया छनोट खेल्दै

नेपाली महिला टोलीले भोलिदेखि टी–२० विश्वकप एशिया छनोट खेल्दै

खेलकुद, समाचार
बैशाख २५, नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले भोलिदेखि आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट खेल्दैछ । पहिलो खेलमा भोलि नेपालले बिहान पौने ९ बजे हङकङसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा पर्सि बहराइनसँग खेल्नेछ । नेपालले तेस्रो खेलमा वैशाख ३० गते फेरि हङकङसँग र जेठ १ गते बहराइनसँग खेल्नेछ । विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन् ।...
आज विश्व रेडक्रस दिवस

आज विश्व रेडक्रस दिवस

समाचार
बैशाख २५, आज मे ८ अर्थात् विश्व रेडक्रस दिवस। ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ। रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउन थालिएको हो । मानवतालाई जीवित राख्न तथा दया, शान्ति र आशाको सञ्चार विश्वसमुदायमाझ प्रवाह गर्न यो दिवस उपयोगी हुने रेडक्रसका स्वयंसेवकहरुको विश्वास छ।...
पाइलै पिच्छे पार्किङ प्रवेश शुल्क, पर्यटक हैरान !

पाइलै पिच्छे पार्किङ प्रवेश शुल्क, पर्यटक हैरान !

ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, लुम्बिनी, समाचार
बैशाख २५, तानसेन नगरपालिकाले प्रमुख राजश्व स्रोत पार्किङ र प्रवेश शुल्क बनाएको छ । रित्तो श्रीनगर र रित्तो रानीमहलबाट करोड बढी राजश्व संकलन गर्ने नगरपालिकाले श्रीनगर र रानीमहलको संरक्षण र प्रवर्धनमा खासै ध्यान दिन सकेको छैन । यहाँसम्म कि नगरपालिकाले बाटो छेउमा खडा गरिएका सवारीबाट समेत शुल्क उठाउँछ । पाइलै पिच्छे उठाइने पार्किङ र प्रवेश शुल्कले स्थानीय तथा पर्यटक हैरान भएका छन् । व्यवस्थापनमा कुनै ध्यान नदिने पार्किङ र प्रवेश शुल्क उठाउने स्थानीय सरकारको गतिबिधि प्रति प्रश्न उठ्न थालेको छ । तानसेन बसपार्क आइपुगेको गाडीको इन्जिन बन्द हुन नपाउदै पार्किङ उठाउन नगरप्रहरी पुग्छन् । बसापर्कमा बसको रु. ६०, मिबिसको ५०, जीप कार भ्यानको ३० र मोटरसाइकलको १० रुपैयाँ उठाइन्छ । टाढाबाट आएका पर्यटकलाई सहजीकरण गर्ने तर्फ नगरपालिकाको कुनै ध्यान छैन । ध्यान छ त रसिद कटाउने शुल्क उठाउनेमा मात्र । बिरेन...
उत्कृष्ट विद्यार्थीलाई पालिकाले गर्यो सम्मान

उत्कृष्ट विद्यार्थीलाई पालिकाले गर्यो सम्मान

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार
बैशाख २५, बागलुङको बरेङ गाउँपालिकाले २०८१ कक्षा ८ को नतिजामा उतीर्ण उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १० जना विद्यार्थी, विद्यार्थीका अभिभावकहरु र उत्कृष्ट हुने २ विद्यालयलाई प्रोहत्सन स्वरुप पालिकाले नगद राशी र प्रमाणपत्रले सम्मान गरेको हो । यसै गरी बरेङ गाउँपालिका स्तरीय प्राथमिक तह कक्षा, आधारभूत तह र माध्यामिक तह (एसईई) परीक्षा २०८१ को सिकाई उपलव्धि मापन परिक्षामा उत्कृष्ट विद्यार्थी, विद्यार्थीका अभिभावक र विषय शिक्षकहरुलाई पनि सम्मान गरेको छ । परीक्षामा सहभागी विद्यार्थीहरुले उत्कृष्ट स्थान ल्याउन सफल भएका विद्यार्थी तथा विद्यार्थीका अभिभावकहरुलाई प्रोहत्सान स्वरुप पालिका अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा शाखाले सम्मान गरेको हो । गाउँपालिकाले यसरी सम्मान गर्दा नयाँ उर्जा तथा हौसला थपीएको विधार्थीहरुले बतााएका थिए ।...
कृषिमा आधुनिकता ल्याउदै तिनाउ

कृषिमा आधुनिकता ल्याउदै तिनाउ

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, लुम्बिनी, विचार, समाचार
बैशाख २५, पाल्पा तिनाउ गाउँपालिकाले कृषि तथा पशुपालनको क्षेत्रमा आाधुनिकता ल्याउदै छ । परम्परागत कृषि प्रणालीलाई प्रविधियुक्त, वैज्ञानिक र बजारमुखी बनाउँदै आफ्ना किसानहरूको जीवनस्तर उकास्न पालिका आधुनिकीकरणको दिशामा अघि बढेको हो । चालू आर्थिक वर्षमा १ सय ३४ वटा हाते ट्याक्टर बितरण गर्ने तयारी गरेको छ । यी ट्याक्टरहरू खरिद प्रक्रियाबाट खरिद गरिसकिएको र वडा तथा टोलबाट माग संकलन गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । सबै ट्याक्टरहरू नेपाल सरकारको मान्यताप्राप्त र मेकानिकल इन्जिनियरहरुबाट प्रमाणित रहेको बताउदै यसवर्ष कृषि कार्यक्रम अन्तरगत १५ वटा कुटानी पिसानी मिल समेत बितरण हुदैछ । गाउँपालिकाले गोरू बिस्थापन गरी कृषिमा आधुनिकीकरण ल्याउने कार्यक्रम अगाडि सारेको अध्यक्ष श्रेष्ठले जनाउनुभयो । कृषिमा आधुनिकीकरणको कार्यक्रम अन्तरगत अघिल्ला वर्षहरुमा पनि तिनाउले हाते ट्याक्टर ...
प्रचण्ड रिसोर्टमा लडेको खुलासा

प्रचण्ड रिसोर्टमा लडेको खुलासा

ताजा अपडेट, बागमती, समाचार
बैशाख २४, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर सामान्य घाइते भएका छन् । गएराति उनी लडेर सामान्य घाइते भएका हुन् । यसैबीच उनी घरकै बाथरूममा लडेको बताइएको भएपनि उनी रिसोर्टमा लडेको खुलासा भएको छ । उनी ललितपुर लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेका हुन् । उनी आफ्ना आफन्तसहित गएराति रिसोर्टमा बास बस्न पुगेका थिए । त्यही बेला उनी लडेका हुन् । टेरेस रिसोर्ट महँगोमध्येको एक रिसोर्ट पर्दछ । जहाँ सामान्य कोठाको मूल्य ३१ हजार ७ सय २५ रूपैयाँ पर्दछ ।...
क्षमता विकासको लागी तालिम

क्षमता विकासको लागी तालिम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
बैशाख २४, पाल्पा मा पत्रकारको लागी तालिम संचालन गरिएको छ । तालिमको आयोजना नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश,आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्विनी प्रदेशको सहयोग र पत्रकार महासंघ पाल्पाको समन्वयमा पत्रकारहरुको क्षमता विकासको लागी तालिम संचालन गरिएको हो । तालिमको उद्घाटन कार्यक्रममा वरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले पत्रकारिता गरिरहेका पुस्ता र नयाँ प्रवेशी पत्रकारहरुलाई लक्षित गरी आयोजना गरिएको यो तालिम समय सापेक्ष र ब्यवहारिक हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले विगतका दिनहरुमा हुदै आएको परम्परागत शैलीको पत्रकारिता अब प्रविधि उन्मुख भइसकेकोले पत्रकारहरू विकसित प्रविधिको विषयमा दक्ष हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महांसघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना,नेपाल प्रेश चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारी, लुम्व...
पाल्पा आवासिय माविमा फुड फेस्टिवल

पाल्पा आवासिय माविमा फुड फेस्टिवल

Breaking News 2, लुम्बिनी, शिक्षा, समाचार
बैशाख २३, जिल्लाको संस्थागत विधालयमा पुरानो र स्थापित पाल्पा आवासिय माविले फुड फेस्टिवल कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार आवासियले अतिरिक्त क्रियाकलाप अन्तरगत फुड फेस्टिवल कार्यक्रम गरेको हो । कार्यक्रममा बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरुले बिभिन्न खानाका परिकार सहितका स्टलहरू राखेका थिए । स्टलहरुमा पुगेर बिद्यार्थी, अभिभावक, शिक्षक तथा अतिथिहरुले फुड फेस्टिवलमा राखिएका बिभिन्न ३६ प्रकारका खानाका परिकारको स्वाद लिएका थिए । बिद्यालयका प्रिन्सिपल गोपाल बहादुर पिसीले गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा बिशेष जोड दिदै अभिभावकसँग नियमित भेटघाट तथा अन्तरक्रि गर्दै बिद्यालयको शिक्षण क्रियाकलापलाई समय सापेक्ष अगाडि बढाइएको सो कार्यक्रममा बताउनु भएको थियो । त्यस्तै बिद्यालय संचालक समिति सदस्य शंकर प्रसाद शर्माले यस्ता अतिरिक्त क्रियाकलापबाट बिद्यार्थीहरुमा रचनात्मक ज्ञान सीपको...
डिजिटल संसारले दिएको मानसिक विचलनः नोमोफोबिया

डिजिटल संसारले दिएको मानसिक विचलनः नोमोफोबिया

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, स्वास्थ्य
बैशाख २३, खान, बस्न, लगाउन जस्तै अपरिहार्य बनिसक्यो, मोबाइल फोन । बरु, साथी नभए पनि हुन्छ । तर, मोबाइलबिना बाँच्न सक्दैनन्, अहिलेका पुस्ता । मोबाइल अहिले जीवनको अभिन्न अंग बनिसकेको छ । सञ्चार, मनोरञ्जन र सूचनाको पहुँचलाई सहज बनाउने यी उपकरणले हाम्रो दैनिकीमा गहिरो प्रभाव पारेका छन् । तर, यही सहजताले ल्याएको एउटा नयाँ चुनौती हो–नोमोफोबिया । केही दिन अघि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘झिल्को’ले यही नोमोफोबिया विषयलाई बाल मनोस्वास्थ्यको सन्दर्भमा उठाएर समाजमा गम्भीर प्रश्न खडा गरेको छ । के हो त नोमोफोबिया ? मोबाइल नहुँदा लाग्ने डर (नो मोबाइल फोन फोबिया) लाई विज्ञले दिएको छोट्करी नाम हो, नोमोफोबिया । यो एक प्रकारको मनोवैज्ञानिक अवस्था हो । यो समस्या तब उत्पन्न हुन्छ । जब मोबाइल फोनबाट टाढा हुँदा मनमा एक किसिमको भय उत्पन्न हुन्छ । इन्टरनेट कनेक्शन नहुँदा, वा मोबाइलको ब्याट्र...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज