खेलकुद

टी–२० विश्वकप : पाकिस्तानको लगातार दोस्रो जित, अमेरिका ३२ रनले पराजित

टी–२० विश्वकप : पाकिस्तानको लगातार दोस्रो जित, अमेरिका ३२ रनले पराजित

खेलकुद, समाचार
माघ २८, पाकिस्तानले टी–२० विश्वकपमा लगातार दोस्रो जित निकालेको छ । मंगलबारको तेस्रो खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गरेको हो । यो जितले पाकिस्तानलाई समूह ‘ए’को अंक तालिकाको शीर्ष स्थानमा पुर्‍याएको छ । कोलम्बोको एसएससी रंगशालामा भएको खेलमा अमेरिकाले टस जितेर बलिङ रोज्यो । पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो । जवाफमा अमेरिकाले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो ।...
नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

खेलकुद
माघ २६, नेपाल टी–२० विश्वकप क्रिकेटमा आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ। १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १० रन आवश्यक हुँदा साम करनले ५ रन मात्र दिए। लोकेश बमले २० बलमा अविजित ३९ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। इंग्ल्यान्डले टस जितेर ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १८४ रन बनाएको थियो।...
टी–२० विश्वकप : भारतले अमेरिकालाई हरायो

टी–२० विश्वकप : भारतले अमेरिकालाई हरायो

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट
माघ २५, भारतले टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा अमेरिकालाई २९ रनले पराजित गरेको छ । अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । शनिबार राति मुम्बईस्थित वानखेडे रंगशालामा खेलिएको खेलमा भारतले २० ओभरमा नौ विकेट गुमाएर १६१ रन बनाएको थियो । जवाफमा अमेरिकी टोलीले निर्धारित ओभरमा आठ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।अमेरिकाका लागि सञ्जय कृष्णामुर्थीले सर्वाधिक ३७ र मिलिंद कुमारले ३४ रन बनाएका थिए । शुभम रन्जानेले अविजित ३७ रन बनाएका थिए । यसअघि भारतले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । भारतका लागि कप्तान सूर्यकुमार यादवले अविजित ८४ रन बनाए भने तिलक बर्माले २५ र इशान किशनले २०, अक्सर पटेलले १४ रन बनाएका थिए ।...
टी-२० विश्वकप मा नेपालले आज यूएईसँग खेल्दै

टी-२० विश्वकप मा नेपालले आज यूएईसँग खेल्दै

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असोज २६, आईसीसी टी-२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्समा पुगेको नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ । सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्ने छ । सुपर सिक्समा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् । सुपर सिक्समा शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् ।...
टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असोज २३ , आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी–१ मा गएराति सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । अब नेपालले समूह चरणको अर्को खेल शुक्रबार जापानसँग खेल्नेछ ।
नेपालले कुवेतसँग खेल्दै

नेपालले कुवेतसँग खेल्दै

खेलकुद, ताजा अपडेट
असोज २२, आईसीसी टी-२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटका खेल आजदेखि ओमानमा शुरू हुँदैछन् । पहिलो दिन नेपालले आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ । नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेतसँगै जापानसँग पनि खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ । सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।...
एशिया कप टी–२० क्रिकेटमा ओमान पराजित

एशिया कप टी–२० क्रिकेटमा ओमान पराजित

खेलकुद
असोज  ४, एशिया कप टी–२० क्रिकेटमा ओमान भारतसँग २१ रनले पराजित भएको छ । गएराति सम्पन्न अन्तिम खेलमा ओमान भारतसँग पराजित भएपनि उत्कृष्ट प्रदर्शन गर्न सफल भएको छ ।
साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

खेलकुद, ताजा अपडेट, समाचार
भदौ १४, नेपाललाई हराउँदै भारतले एक खेलअगावै भुटानमा चलिरहेको साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपको उपाधि जितेको छ । हिजो बेलुका भएको खेलमा नेपाल भारतसँग ५ गोलले पराजित भयो ।  
टप टी-२० सिरिजमा आज नेपाल पाकिस्तानसँग भिड्दै

टप टी-२० सिरिजमा आज नेपाल पाकिस्तानसँग भिड्दै

खेलकुद, समाचार
भदौ ६, अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा शुक्रबार नेपालले पाकिस्तानको सामना गर्दैछ । सिरिजअन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान सँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । नेपालले सिरिजका पाँच खेल खेलिसकेको छ । जसमध्ये दुई खेलमा विजयी हुँदा तीन खेल गुमाएको छ । चौथो र पाँचौं खेलमा भने नेपालले सानदार जित निकालेको छ ।...
टप एण्ड टी–२० क्रिकेटमा नेपालको दोस्रो जित

टप एण्ड टी–२० क्रिकेटमा नेपालको दोस्रो जित

खेलकुद, ताजा अपडेट, समाचार
भदौ ०५, अष्ट्रेलियामा जारी टप एण्ड टी–ट्वन्टी क्रिकेट श्रृंखलामा नेपालले दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा मेलबर्न रेनेगड्स एकेडेमीलाई ३३ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । जवाफमा १४० रनको लक्ष्य पछ्याएको मेलबर्न २० ओभरमा अलआउट हुँदै १ सय ६ रनमा समेटियो । नेपाललाई जिताउन सोमपाल कामीले सर्वाधिक पाँच विकेट लिए । यो जितसँगै नेपालले पाँच खेलबाट चार अंक जोडेको छ । सुरुका तीन खेलमा पराजित भएको नेपालले पछिल्ला दुई खेलमा लगातार जित निकालेको हो ।  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज