by Bihani Post
बैशाख २५,
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले भोलिदेखि आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट खेल्दैछ ।
पहिलो खेलमा भोलि नेपालले बिहान पौने ९ बजे हङकङसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा पर्सि बहराइनसँग खेल्नेछ । नेपालले तेस्रो खेलमा वैशाख ३० गते फेरि हङकङसँग र जेठ १ गते बहराइनसँग खेल्नेछ ।
विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन् ।