बैशाख २५,
बागलुङको बरेङ गाउँपालिकाले २०८१ कक्षा ८ को नतिजामा उतीर्ण उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १० जना विद्यार्थी, विद्यार्थीका अभिभावकहरु र उत्कृष्ट हुने २ विद्यालयलाई प्रोहत्सन स्वरुप पालिकाले नगद राशी र प्रमाणपत्रले सम्मान गरेको हो ।
यसै गरी बरेङ गाउँपालिका स्तरीय प्राथमिक तह कक्षा, आधारभूत तह र माध्यामिक तह (एसईई) परीक्षा २०८१ को सिकाई उपलव्धि मापन परिक्षामा उत्कृष्ट विद्यार्थी, विद्यार्थीका अभिभावक र विषय शिक्षकहरुलाई पनि सम्मान गरेको छ ।
परीक्षामा सहभागी विद्यार्थीहरुले उत्कृष्ट स्थान ल्याउन सफल भएका विद्यार्थी तथा विद्यार्थीका अभिभावकहरुलाई प्रोहत्सान स्वरुप पालिका अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा शाखाले सम्मान गरेको हो ।
गाउँपालिकाले यसरी सम्मान गर्दा नयाँ उर्जा तथा हौसला थपीएको विधार्थीहरुले बतााएका थिए ।