पाल्पा आवासिय माविमा फुड फेस्टिवल

बैशाख २३,
जिल्लाको संस्थागत विधालयमा पुरानो र स्थापित पाल्पा आवासिय माविले फुड फेस्टिवल कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार आवासियले अतिरिक्त क्रियाकलाप अन्तरगत फुड फेस्टिवल कार्यक्रम गरेको हो ।

कार्यक्रममा बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरुले बिभिन्न खानाका परिकार सहितका स्टलहरू राखेका थिए । स्टलहरुमा पुगेर बिद्यार्थी, अभिभावक, शिक्षक तथा अतिथिहरुले फुड फेस्टिवलमा राखिएका बिभिन्न ३६ प्रकारका खानाका परिकारको स्वाद लिएका थिए । बिद्यालयका प्रिन्सिपल गोपाल बहादुर पिसीले गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा बिशेष जोड दिदै अभिभावकसँग नियमित भेटघाट तथा अन्तरक्रि गर्दै बिद्यालयको शिक्षण क्रियाकलापलाई समय सापेक्ष अगाडि बढाइएको सो कार्यक्रममा बताउनु भएको थियो । त्यस्तै बिद्यालय संचालक समिति सदस्य शंकर प्रसाद शर्माले यस्ता अतिरिक्त क्रियाकलापबाट बिद्यार्थीहरुमा रचनात्मक ज्ञान सीपको बिकास हुने कुरामा प्रस्ट पार्नु भयो ।

अभिभावक एवम् पत्रकार यज्ञमूर्ति तिमिल्सिनाले शिक्षक क्रियाकलापसँगै अतिरिक्त क्रियाकलापले बिद्यार्थीमा थप नेतृत्व विकास हुने भन्दै घरमा अभिभावकले बनाएको खाना खाने आफ्ना बालबालिकाले आफै बनाएको परिकार बिक्री गरेको देख्दा अभिभावकहरुमा खुशी छाएको बताउनुभएको थियो ।

कार्यक्रम शिक्षक क्षितिज नेपालको सञ्चालन र बिद्यालय सञ्चालक समिति अध्यक्ष केदारलाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज