बैशाख २४,
पाल्पा मा पत्रकारको लागी तालिम संचालन गरिएको छ । तालिमको आयोजना नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश,आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्विनी प्रदेशको सहयोग र पत्रकार महासंघ पाल्पाको समन्वयमा पत्रकारहरुको क्षमता विकासको लागी तालिम संचालन गरिएको हो ।
तालिमको उद्घाटन कार्यक्रममा वरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले पत्रकारिता गरिरहेका पुस्ता र नयाँ प्रवेशी पत्रकारहरुलाई लक्षित गरी आयोजना गरिएको यो तालिम समय सापेक्ष र ब्यवहारिक हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले विगतका दिनहरुमा हुदै आएको परम्परागत शैलीको पत्रकारिता अब प्रविधि उन्मुख भइसकेकोले पत्रकारहरू विकसित प्रविधिको विषयमा दक्ष हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महांसघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना,नेपाल प्रेश चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारी, लुम्विनी प्रदेश संसदीय मामिला पत्रकार समाजका अध्यक्ष घनश्याम गौतम, बरिष्ठ पत्रकार माधव नेपाल र पत्रकार महासंघ लुम्विनी प्रदेश समिति उपाध्यक्ष मिना ढकालले आ-आफ्नो भनाई राख्नु भएको थियो ।
पाल्पा र गुल्मीका गरी ५० जना पत्रकारहरुको सहभागिता रहेको दुई दिने तालिम आज समापन हुुँदैछ ।