जीप पुग्दा स्थानीयबासीमा छायो खुशीयाली
जेठ ०४,
पाल्पाको बहादुरपुरको माथिल्लो बेतेनीमा पहिलो पटक जीप पुगेको छ । गाउँमा पहिलोपटक जीप पुगेपछि माथागढी गाउपालिका–८ बहादुरपुर माथिल्लो बेतेनी गाउँका स्थानीयबासीहरुमा खुशीयाली छाएको छ । बाघमारा बेतेनी मोटरबाटो उपभोक्ता समितिले चालु आर्थिक बर्ष २०८१र०८२ का लागि माथागढी गाउँपालिकाले बिनियोजन गरेको रु १० लाख बजेटबाट गाउँमा बाटो पु¥याएको हो । यहाँ कच्ची मोटरबाटो निर्माण कार्य सम्पन्न भएपश्चात गत सातादेखि जीप चल्न थालेको छ । वर्षौको प्रतिक्षापछि गाउँमा जीप पुगेपछि स्थानीयले आपसमा खुशीयाली साटेका छन् ।
मोटरबाटो निर्मांणका लागि आर्थिक वर्ष २०७९/०८० मा माथागढी गाउँपालिकाबाट रु १० लाख, २०८०/०८१ मा माथागढी गाउँपालिकाबाट १० लाख र प्रदेश सरकारबाट १० लाख बिनियोजन भई काम भएको थियो । त्यस्तै चालु आर्थिक वर्षमा यो बाटोका लागि माथागढी गाउँपालिकाले १० लाख रुपैयाँ बिनियोजन गरी काम गरेको गाउँपालिका अध्...








