बैशाख २७,
रोजगार सेवा केन्द्रको आयोजना , स्थानीय तहमा रोजगारीको अवस्था र आगामी रोजगार रणनीति निर्माण गर्ने उद्देश्यले बागलुङको बरेङ गाउँपालिकामा रोजगार संवाद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमा सुचिकृत बेरोजगारहरुलाई विभिन्न सिपमुलक तालिम दिइने, निर्माण व्यवसायीसंग समन्वय गरी रोजगारी सिर्जना गर्ने, निःशुल्क र उचित बाँझो जग्गा लिजमा लिई उत्पादनमा जोड्दै रोजगार सिर्जना गर्ने, गाउँपालिकाका विभिन्न वनमा पाइने जडिबुटिको संकलन, प्रशोधनका लागि वनसङ्ग साझेदारी गरी रोजगार सिर्जना तथा बजारीकरण गरी राजश्व वृद्धि गर्ने, जस्ता महत्वपुर्ण निर्णय भएका छन् । कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ पालिकाका अध्यक्ष, रोजगार संयोजक र सव–इन्जिनियरले दिएका थिए ।
बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न छलफल तथा अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, शिक्षक, कृषक, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।