अभिभावक विहिन बालबालिकालाई शैक्षिक भत्ता

बैशाख २७,
समाजमा अभिभावक विहिन बालबालिकाहरुलाई बगनासकाली गाउपालिकाले भत्ता वितरण गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच १० जना बालबालिकालाई शैक्षिक प्रोत्साहन स्वरुप मासिक १ हजार रुपैंयाका दरले जनही १२ हजार रुपैंया प्रदान गरेको हो ।

कार्यक्रमामा पालिका अध्यक्ष चिदीले लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री घोषणा भएदेखि नै गाउँपालिकाले अभिभावक विहीन बालबालिकालाई प्रोत्साहन भत्ता प्रदान गर्दै आएको बताउँदै भत्ता रकम आमाबुवा गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक वञ्चितीकरणमा परेका १८ वर्षमुनिका बालबालिकालाई वितरण गर्दै आएको स्पष्ट पार्नुभयो ।

गाउँपालिकाले अतिविपन्न एवम् गरिवीका कारण आफ्ना बालबालिका विद्यालय पठाउन नसक्ने परिवारलाई आयमूलक कार्यमा समेत सहयोग गर्ने नीति लिएको जनाएको छ । गरिब, असहाय, अनाथ बालबालिकाको सबै किसिमको अधिकार तथा सेवा सुविधाको लागि पालिकाले बजेटको सुनिश्चितता गर्दै आएको को उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो ।

बालमैत्रीका सवै सूचकहरू पूरा गरी बगनासकाली गाउँपालिकालाई २०७७ चैत्र १४ गते बालमैत्री पालिका घोषणा गरिएको थियो । बालमैत्री कार्यक्रम अन्तर्गत गाउँपालिकाले यसअघि बालदिवसको अवसरमा अभिभावकविहीन बालबालिकासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको एम.आई.एस.अपरेटर भोजराज भट्टराईले जानकारी दिनुभयो ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज