Breaking News 2

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुन थाले

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुन थाले

Breaking News 2, ताजा अपडेट, समाचार
भदौ २०, नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुन थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनपछि नेपाल टेलिकम, एनसेल र इन्टरनेट सेवा प्रदायकहरूले फेसबुक, यूट्यूब, एक्स, इन्स्टाग्राम, मेसिन्जर, व्हाट्सएपलगायत २६ वटा सञ्जाल निष्क्रिय बनाउन थालेका हुन् । सरकारले सूचीकरणका लागि दिएको समयसीमा सकिएपछि यस्तो कदम चालेको हो । हाल नेपालमा टिकटक, भाइबर, निम्बज, वीटक र पोपो लाइभ मात्र सूचीकरण भएका छन् । निर्णयपछि सरकारप्रति आलोचना चर्किएको छ ।...
मोहनकन्या माविको हीरक महोत्सव सम्पन्न

मोहनकन्या माविको हीरक महोत्सव सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, शिक्षा, समाचार
भदौ १८, पाल्पा । मोहनकन्या माध्यमिक विद्यालयले ७५ वर्ष पूरा गरेको अवसरमा विविध कार्यक्रमसहित हीरक महोत्सव सम्पन्न गरेको छ। सोमबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दीप प्रज्वलन गर्दै महोत्सव उद्घाटन गर्नुभयो। उहाँले स्मारक अनावरण, हीरक द्वार उद्घाटन र (आरती स्मारिका) विमोचन गर्नुका साथै विद्यालयको छात्रावास समस्या आगामी बजेटमार्फत समाधान गर्ने आश्वासन दिनुभयो। महिलाहरू समाजका हरेक क्षेत्रमा अब्बल बन्दै गइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले मोहनकन्या विद्यालयलाई प्रदेशकै गौरव भन्दै यसलाई जोगाएर उन्नति गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । हीरक महोत्सब समारोह कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधान प्रसाद श्रेष्ठको अध्यक्षता प्रधानाध्यापक दीपकप्रसाद ज्ञवालीको स्वागत तथा शिक्षक रिना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।   &n...
फेसबुक मोनेटाइजेसनका लागि नेपाल पनि योग्य

फेसबुक मोनेटाइजेसनका लागि नेपाल पनि योग्य

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ १८, सामाजिक सञ्जाल फेसबुकले कन्टेन्ट मोनेटाइजेसन सुविधा नेपालका प्रयोगकर्तालाई पनि उपलब्ध गराउने भएको छ। फेसबुकले एडमार्फत आम्दानी गर्न सकिने कन्टेन्ट मोनेटाइजेसनका लागि नेपाललाई योग्य देशको सूचीमा समावेश गरेको हो। यसअघि नेपाल यो सूचीमा परेका थिएन। अबदेखि नेपाली प्रयोगकर्ताले फेसबुकमा पोस्ट गरिने पब्लिक भिडिओ, रिल, फोटो, टेक्स्ट पोस्ट र स्टोरी८८मार्फत पनि आम्दानी गर्न सक्नेछन्। फेसबुकले यसअघि चलाउँदै आएको ‘परफमेन्स बोनस प्रोग्राम’ भने (अगस्ट ३१) बाट बन्द गरिएको छ। सो प्रोग्रामलाई बन्द गरी नयाँ प्रणाली ल्याइएको छ जसमा क्रिएटरहरूले सहभागी भएर आम्दानी गर्न सक्नेछन्। कम्पनीका अनुसार हालसम्म (१० लाख क्रिएटरलाई बीटा संस्करण) मा सहभागी गराइसकिएको छ भने आगामी महिनाहरूमा अझ धेरैलाई निमन्त्रणा गरिनेछ। यस सुविधामा सहभागी हुन क्रिएटरहरूले आफ्नो (प्रोफेसनल ड्यासबोर्डमा मोनेटाइजेसन ट्या...
महिला सिडियो

महिला सिडियो

Breaking News 2, ट्रेन्डिङ, लुम्बिनी, समाचार
भदौ १४, पाल्पाले पहिलो पटक महिला सिडियो पाएको छ । सिडियो बिनु बज्राचार्य कुँवरले पदभार ग्रहण गर्दै सुशासन र नागरिकलाई सहज सेवा प्रवाहलाई प्राथमिकता दिने बताएकी छिन्। सामाजिक विकास मन्त्रालय बागमती प्रदेश सचिवबाट सरुवा भएर बज्राचार्य जिल्ला प्रशासन कार्यालय पाल्पाको प्रमुख जिल्ला अधिकारीको रुपमा आएकी हुन् ।  ...
तीजको दरखाने दिन आज

तीजको दरखाने दिन आज

Breaking News 2, समाचार
भदौ ९, हरितालिका तीजको अघिल्लो दिन आज देशभर दर खाइदै छ । तीजको दिन भोलि (मंगलबार) महिलाहरु व्रत बस्ने भएकाले आज वर्तालुहरुले दर खाने चलन छ । आज माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने गर्छन् । हरितालिका तीजको दिन निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि अघिल्लो साँझ नेपाली हिन्दु महिलाहरुले दर खाने परम्परा छ । दरमा खिर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँ अनुसार विभिन्न मिठामिठा र आडिला परिकार खाने गरिन्छ । पछिल्लो समय तीज मनाउने शैली फेरिँदै गएको छ । महिना दिनदेखि दर खाने र रमाइलो गर्ने प्रचलन बढेको छ । दिदीबहिनी भेटघाट गर्ने, दुःख सुख एवं आपसी अनुभवलाई गीतमार्फत् व्यक्त गर्ने र मिठा परिकार खाएर तीज मनाउने परम्परा रहेकोमा अहिले यसलाई रमाइलो पर्वका रुपमा लिन थालिएको छ । नेपाली हिन्दू महिलाको महान् चाड हरितालिका तीज नजिकिएसँगै गाउँघरदेखि सहरसम्मै रौनक देखिन थालेको छ । दर खाने दिन आज ...
तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, लुम्बिनी, समाचार
भाद्र ८, जयराम सापकोटा । तानसेन नगरपालिका–१ वर्याङदीस्थित श्री शिवालय मन्दिर व्यवस्थापन समितिको आयोजनामा तीज विशेष कार्यक्रम अन्तर्गत भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मन्दिर व्यवस्थापन समितिका सचिव ज्योजिलाल वस्यालको सभापतित्वमा र संघीय सांसद वीरबहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको आकर्षक प्रस्तुति रहेको थियो । पाल्पाली युवा कलाकार कमल भट्टराई, रुपेश कार्की, यशोदा कार्की, रामकृष्ण थापा लगायतले प्रस्तुति दिएका थिए भने राष्ट्रिय स्तरका चर्चित हास्यव्यंग्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्षे बा) को अभिनयले दर्शकमाझ विशेष रौनक थपेको थियो ।कार्यक्रमलाई ज्ञानेन्द्र अटो वर्कस तानसेन, एसियन थाइफुड लिमिटेड, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी लिमिटेड, पाल्पा हिल रिसोर्ट र मोबाइल घरले प्रायोजन गरेका थिए । सांस्कृतिक कार्यक्रम स्वस्थीका वस्...
बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्राशन खुवाइदै

बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्राशन खुवाइदै

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्वास्थ्य
भदौ ०५ सरकारले ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्राशन खुवाउने राष्ट्रिय कार्यक्रम आजदेखि सुरु गर्ने भएको छ। धनगढी आयुर्वेद अस्पतालबाट स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यस कार्यक्रमको शुभारम्भ गर्नेछन्। स्वर्णप्राशन घ्यू, मह र सुनको भष्म मिसाएर बनाइने आयुर्वेदिक पोषक तत्त्व हो। यो कार्यक्रम हाल २५ जिल्लामा सुरु हुने र आउँदो वर्षदेखि देशभर लागू हुने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ। डा. श्यामबाबु यादवका अनुसार, यो कार्यक्रमले बालबालिकाको शरीरमा रोगसँग लड्ने क्षमता बढाइ "निरोगी नेपाल" अभियानलाई सहयोग गर्नेछ।...
जापानिज इन्सेफ्लाइटिसबाट ११ को मृत्यु, ६३ जनामा सङ्क्रमण

जापानिज इन्सेफ्लाइटिसबाट ११ को मृत्यु, ६३ जनामा सङ्क्रमण

Breaking News 2, समाचार, स्वास्थ्य
भदौ ०४ , जापानिज इन्सेफ्लाइटिस का कारण हालसम्म ११ जनाको ज्यान गएको छ भने ६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान, अर्घाखाँचीमा एक–एक जना र चितवनमा तीन जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा ८ वर्षका एक, १७ वर्षका एक र ४० वर्षमाथिका ९ जना छन्। गतवर्ष २५ जनाको मृत्यु भएको यो रोग मुख्यतः साउनदेखि कात्तिकसम्म देखिने र क्युलेक्स लामखुट्टे मार्फत सर्ने जनाइएको छ। खोप नलगाएकामा जोखिम बढी हुने भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्।...
करेन्ट लाग्दा किशोरीको मृत्यु

करेन्ट लाग्दा किशोरीको मृत्यु

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
भदौ ०४, बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा करेन्ट लाग्दा १९ वर्षीया कृष्णकुमारी चन्दको ज्यान गएको छ। घरमा मोबाइल चार्ज गर्ने क्रममा नजिकै रहेको नाङ्गो तार छोएपछि उनलाई करेन्ट लागेको हो। उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार, सुदूरपश्चिम
भदौ ०४, मौसम पूर्वानुमान महाशाखाअनुसार आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत पहाडी भेगमा साधारणतया आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाड भू-भागका थोरै स्थान र तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै आज राती कोसी प्रदेश र गण्डकी प्रदेशकाका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। मौसम महाशाखााका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर छ। तथापि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी नै छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज