भदौ २०,
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुन थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनपछि नेपाल टेलिकम, एनसेल र इन्टरनेट सेवा प्रदायकहरूले फेसबुक, यूट्यूब, एक्स, इन्स्टाग्राम, मेसिन्जर, व्हाट्सएपलगायत २६ वटा सञ्जाल निष्क्रिय बनाउन थालेका हुन् । सरकारले सूचीकरणका लागि दिएको समयसीमा सकिएपछि यस्तो कदम चालेको हो । हाल नेपालमा टिकटक, भाइबर, निम्बज, वीटक र पोपो लाइभ मात्र सूचीकरण भएका छन् । निर्णयपछि सरकारप्रति आलोचना चर्किएको छ ।