बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्राशन खुवाइदै

भदौ ०५
सरकारले ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्राशन खुवाउने राष्ट्रिय कार्यक्रम आजदेखि सुरु गर्ने भएको छ। धनगढी आयुर्वेद अस्पतालबाट स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यस कार्यक्रमको शुभारम्भ गर्नेछन्।

स्वर्णप्राशन घ्यू, मह र सुनको भष्म मिसाएर बनाइने आयुर्वेदिक पोषक तत्त्व हो। यो कार्यक्रम हाल २५ जिल्लामा सुरु हुने र आउँदो वर्षदेखि देशभर लागू हुने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ।

डा. श्यामबाबु यादवका अनुसार, यो कार्यक्रमले बालबालिकाको शरीरमा रोगसँग लड्ने क्षमता बढाइ “निरोगी नेपाल” अभियानलाई सहयोग गर्नेछ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज