वैशाख २७,
गुल्मी – जिल्लाको चन्द्रकोट गाउँपालिका अन्तर्गत रहेको बिशूखर्क स्वास्थ्य चौकी मा प्रत्येक महिनाको अन्तिम शनिबार सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य शिविर हिजो पनि विभिद कार्यक्रम सहित सम्पन्न भएको छ ।
शिविरमा वरिष्ठ कन्सल्टेन्ट नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सन्तोष बस्नेत तथा फेमिली फिजिसियन डा. सुनिल सुनार ले बिरामीहरूको स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गर्नुभएको थियो ।
स्वास्थ्य चौकीका अनुसार शिविरबाट ५८ महिला र ३५ पुरुष गरी कुल ९३ जनाले विशेषज्ञ स्वास्थ्य सेवा लिएका थिए । कार्यक्रममा १५ जनाको निःशुल्क भिडियो एक्स-रे तथा ९ जनाको मुटुको ईसीजी परीक्षणसमेत गरिएको थियो ।
ग्रामीण क्षेत्रमा सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको शिविरबाट स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । स्वास्थ्य चौकीले यि र यस्ता निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता दिदै आइरहेको छ ।