जापानिज इन्सेफ्लाइटिसबाट ११ को मृत्यु, ६३ जनामा सङ्क्रमण

भदौ ०४ ,
जापानिज इन्सेफ्लाइटिस का कारण हालसम्म ११ जनाको ज्यान गएको छ भने ६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान, अर्घाखाँचीमा एक–एक जना र चितवनमा तीन जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा ८ वर्षका एक, १७ वर्षका एक र ४० वर्षमाथिका ९ जना छन्।

गतवर्ष २५ जनाको मृत्यु भएको यो रोग मुख्यतः साउनदेखि कात्तिकसम्म देखिने र क्युलेक्स लामखुट्टे मार्फत सर्ने जनाइएको छ। खोप नलगाएकामा जोखिम बढी हुने भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज