तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

भाद्र ८,
जयराम सापकोटा ।
तानसेन नगरपालिका–१ वर्याङदीस्थित श्री शिवालय मन्दिर व्यवस्थापन समितिको आयोजनामा तीज विशेष कार्यक्रम अन्तर्गत भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मन्दिर व्यवस्थापन समितिका सचिव ज्योजिलाल वस्यालको सभापतित्वमा र संघीय सांसद वीरबहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको आकर्षक प्रस्तुति रहेको थियो ।

पाल्पाली युवा कलाकार कमल भट्टराई, रुपेश कार्की, यशोदा कार्की, रामकृष्ण थापा लगायतले प्रस्तुति दिएका थिए भने राष्ट्रिय स्तरका चर्चित हास्यव्यंग्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्षे बा) को अभिनयले दर्शकमाझ विशेष रौनक थपेको थियो ।कार्यक्रमलाई ज्ञानेन्द्र अटो वर्कस तानसेन, एसियन थाइफुड लिमिटेड, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी लिमिटेड, पाल्पा हिल रिसोर्ट र मोबाइल घरले प्रायोजन गरेका थिए ।

सांस्कृतिक कार्यक्रम स्वस्थीका वस्यालको स्वागत मन्तव्य र संयोजक पवन वस्यालको संचालनमा सम्पन्न भएको हो ।

 

 

 

 

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज