निस्दी गाउँपालिका पूर्ण संस्थागत प्रसुति तथा पूर्ण खोपयुक्त घोषणा कार्यक्रम सम्पन्न

बैशाख २८,
पाल्पा – जिल्लाको निस्दी गाउँपालिकाको आयोजनामा पूर्ण संस्थागत प्रसुति सेवायुक्त एवं पूर्ण खोप गाउँपालिका सुनिश्चितता तथा दिगोपना घोषणा समारोह हिजो २७ गते गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य सेवा सुदृढीकरण, सुरक्षित मातृत्व तथा बाल स्वास्थ्य प्रवर्द्धनमा गाउँपालिकाले हासिल गरेको उपलब्धिको औपचारिक घोषणा गरिएको थियो ।

समारोहमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला निकाय तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले पूर्ण संस्थागत प्रसुति सेवा र पूर्ण खोप सुनिश्चितताले समुदायको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए । गाउँपालिकाले आगामी दिनमा पनि स्वास्थ्य सेवाको दिगोपना र गुणस्तर अभिवृद्धिका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज