फेसबुक मोनेटाइजेसनका लागि नेपाल पनि योग्य

भदौ १८,
सामाजिक सञ्जाल फेसबुकले कन्टेन्ट मोनेटाइजेसन सुविधा नेपालका प्रयोगकर्तालाई पनि उपलब्ध गराउने भएको छ।

फेसबुकले एडमार्फत आम्दानी गर्न सकिने कन्टेन्ट मोनेटाइजेसनका लागि नेपाललाई योग्य देशको सूचीमा समावेश गरेको हो। यसअघि नेपाल यो सूचीमा परेका थिएन। अबदेखि नेपाली प्रयोगकर्ताले फेसबुकमा पोस्ट गरिने पब्लिक भिडिओ, रिल, फोटो, टेक्स्ट पोस्ट र स्टोरी८८मार्फत पनि आम्दानी गर्न सक्नेछन्।

फेसबुकले यसअघि चलाउँदै आएको ‘परफमेन्स बोनस प्रोग्राम’ भने (अगस्ट ३१) बाट बन्द गरिएको छ। सो प्रोग्रामलाई बन्द गरी नयाँ प्रणाली ल्याइएको छ जसमा क्रिएटरहरूले सहभागी भएर आम्दानी गर्न सक्नेछन्।

कम्पनीका अनुसार हालसम्म (१० लाख क्रिएटरलाई बीटा संस्करण) मा सहभागी गराइसकिएको छ भने आगामी महिनाहरूमा अझ धेरैलाई निमन्त्रणा गरिनेछ।

यस सुविधामा सहभागी हुन क्रिएटरहरूले आफ्नो (प्रोफेसनल ड्यासबोर्डमा मोनेटाइजेसन ट्याब) खोलेर ‘कन्टेन्ट मोनेटाइजेसन’ मा क्लिक गर्नुपर्नेछ।

फेसबुकले हालसम्म नेपालसहित (७० देशका प्रयोगकर्तालाई) यो सुविधा उपलब्ध गराएको जनाएको छ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज