बैशाख २९,
माध्यमिक शिक्षापरीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो ।
कुल ४ लाख ३० हजार ६६७ परीक्षार्थीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन-ग्रेडिङमा परेका छन् । नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार ३९२ रहेका छन् भने ३.२ देखि ३.६ जीपीए ल्याउने ८० हजार ३७२ विद्यार्थी छन् ।
सबैभन्दा बढी बागमती प्रदेशमा ७७ हजार ११३ विद्यार्थी उत्तीर्ण भएका छन् ।