भदौ १८, पाल्पा ।
मोहनकन्या माध्यमिक विद्यालयले ७५ वर्ष पूरा गरेको अवसरमा विविध कार्यक्रमसहित हीरक महोत्सव सम्पन्न गरेको छ। सोमबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दीप प्रज्वलन गर्दै महोत्सव उद्घाटन गर्नुभयो।
उहाँले स्मारक अनावरण, हीरक द्वार उद्घाटन र (आरती स्मारिका) विमोचन गर्नुका साथै विद्यालयको छात्रावास समस्या आगामी बजेटमार्फत समाधान गर्ने आश्वासन दिनुभयो। महिलाहरू समाजका हरेक क्षेत्रमा अब्बल बन्दै गइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले मोहनकन्या विद्यालयलाई प्रदेशकै गौरव भन्दै यसलाई जोगाएर उन्नति गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
हीरक महोत्सब समारोह कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधान प्रसाद श्रेष्ठको अध्यक्षता प्रधानाध्यापक दीपकप्रसाद ज्ञवालीको स्वागत तथा शिक्षक रिना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।