रिब्दीकोट गाउँपालिकामा एक दिने प्रशिक्षण
बैशाख २६,
रिब्दीकोट गाउँपालिकामा जनपतिनिधि र कर्मचारीलाई स्थानीय तहमा कानुन तर्जुमा सम्बन्धि एकदिने प्रशिक्षण दिइएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका देउखुरी, नेपालको आयोजना एवं रिब्दीकोट गाउँपालिकाको समन्वयमा एक दिने प्रशिक्षण कार्यक्रम समपन्न भएको हो।
कार्यक्रममा मन्त्रालयका उपसचिव कृष्णप्रसाद नेपालले विधेयक तर्जुमा संरचना र ढाचा, राजपत्र सम्पादन तथा प्रकाशन सम्बन्धी सैद्धान्तिक विषयमा प्रशिक्षण दिएका थिए। मन्त्रालयका कानुन अधिकृत धन बहादुर थापाले स्थानीय तहमा कानुन निर्माणका आधार र विचार गर्नुपर्ने कुराहरु तथा प्रत्यायोजित व्यवस्थापन सम्बन्धी सैद्धान्तिक विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले प्रदेश सरकारले स्थानीय तहमा आएर कानुन समबन्धी जानकारी दिएपछि नीतिगत रुपमा हुने समस्याहरु समाधानमा टेवा पुगने विश्वास व्...








