बैशाख २६,
रिब्दीकोट गाउँपालिकामा जनपतिनिधि र कर्मचारीलाई स्थानीय तहमा कानुन तर्जुमा सम्बन्धि एकदिने प्रशिक्षण दिइएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका देउखुरी, नेपालको आयोजना एवं रिब्दीकोट गाउँपालिकाको समन्वयमा एक दिने प्रशिक्षण कार्यक्रम समपन्न भएको हो।
कार्यक्रममा मन्त्रालयका उपसचिव कृष्णप्रसाद नेपालले विधेयक तर्जुमा संरचना र ढाचा, राजपत्र सम्पादन तथा प्रकाशन सम्बन्धी सैद्धान्तिक विषयमा प्रशिक्षण दिएका थिए। मन्त्रालयका कानुन अधिकृत धन बहादुर थापाले स्थानीय तहमा कानुन निर्माणका आधार र विचार गर्नुपर्ने कुराहरु तथा प्रत्यायोजित व्यवस्थापन सम्बन्धी सैद्धान्तिक विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले प्रदेश सरकारले स्थानीय तहमा आएर कानुन समबन्धी जानकारी दिएपछि नीतिगत रुपमा हुने समस्याहरु समाधानमा टेवा पुगने विश्वास व्यक्त गरे। उनले स्थानीय तहमा कानुनका विज्ञ कर्मचारी नहुँदा जेल्नु परेको समस्या समाधानका लागि यस्ता तालिमहरु महत्वपूर्ण हुने बताए। उपाध्यक्ष कान्ता अधिकारीले न्यायीक समितिलाई केही मात्रामा तालिम दिएपनि स्थानी स्तरमै सबै कर्मचारी र जनप्रतिनिधिलाई तालिम पाएपछि आगामी दिनका काम कारबाहीमा सहजता आउने बताइन् । प्रमुख प्रशासकीय अधिकृत मणीप्रसाद खनालले स्थानीय तहमा न्याय सम्पादनदेखि विभिन्न कानुनी कार्य गर्नका लागि कानुन अधिकृत नहुदा समस्या भएको बताए । उनले सरकारले कामको जिम्मा स्थानीय तहलाई दिेने र विज्ञ कर्मचारी नदिने गर्दा समस्या हुने गरेकोमा तालिमले सहजता हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा जनप्रतिनिधिका साथै गाउँकार्यपालिका अन्तर्गतका विभिन्न शाखाका शाखा प्रमुखहरुसहित सरोकारवाला पक्षहरुको उपस्थिति रहेको थियो ।