नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाको ३७औं साधारणसभा सम्पन्न

साउन २७,
जयराम सापकोटा ।
नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाको ३७औं साधारणसभा तथा १०औं अधिवेशन पाल्पामा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख आतिथ्य संस्थाकी केन्द्रीय उपाध्यक्ष शोभा शाक्यले गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी तोयनाथ सुवेदी, खानेपानी उपभोक्ता समिति अध्यक्ष मोहन प्रसाद श्रेष्ठ, नेत्रज्योति संघ अध्यक्ष बुद्धि प्रसाद शर्मा, उद्योग वाणिज्य संघ अध्यक्ष शैलेन्द्र भट्टराई, आजीवन सदस्य रमा पन्थी लगायतले शुभकामना मन्तव्य राख्दै अधिवेशनको पूर्ण सफलताको कामना गरेका थिए।

अधिवेशनमा संस्थाका सचिव झपेन्द्र गैरेले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शरोजलाल शाक्यले अडिट प्रतिवेदनसहित रु.२४ लाख ६४ हजार २५ रुपैयाँ ४६ पैसाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमले विधान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। जसमा उपाध्यक्ष सुकुन्तला श्रेष्ठ, सचिव झपेन्द्र गैरे, उपसचिव मधुदयाल सैजु, कोषाध्यक्ष शरोजलाल शाक्य निर्वाचित भएका छन्। सदस्यहरूमा मोहन प्रसाद श्रेष्ठ, शुशिल प्रधान, बिरेन्द्र काजी श्रेष्ठ, जयराम सापकोटा, सकुन्तला शाक्य र शंकर रायमाझी चयन भएका छन्।

अधिवेशन सहसचिव सुलोचना शाक्यको स्वागत र सचिव झपेन्द्र गैरेको सञ्चालनमा सम्पन्न भएको हो।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज