माघ २५,
गुल्मीको सत्यवती गाउँपालिकामा दुई दिने निःशुल्क आँखा उपचार तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ। माघ २१ र २२ गते जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा ३७४ जनाको आँखा परीक्षण तथा उपचार गरिएको थियो भने २६ जना मोतियाबिन्दुका बिरामीको सफलतापूर्वक निःशुल्क शल्यक्रिया गरिएको छ। शिविर सत्यवती गाउँपालिका र नेपाल नेत्र ज्योति सङ्घ गुल्मीको सहकार्यमा सम्पन्न भएको थियो ।