आज राष्ट्रिय कोदो दिवस मनाइदै

साउन १६,
कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाइँदैछ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा ‘कोदोजन्य परिकारको आहार ; खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम हुँदैछन् ।देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने कृषि विभागको भनाइ छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज