साउन ५ ,
पाल्पामा यो वर्ष एक सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार गत जनवरीदेखि हालसम्म सो संख्यामा संक्रमण पुष्टि भएको हो।
सक्रमित हुनेमा सबैभन्दा धेरै जुन महिनामा ३२ जना रहेका छन। यस्तै जुलाई महिनाको हालसम्म १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
यो समयमा पानी पर्ने समय भएका कारण लामखुट्टेको वृद्धि विकासमा टेवा पुग्ने हुँदा संक्रमण फैलिएको हो । पछिल्ला वर्षहरुमा जिल्लामा डेंगुको संक्रमण प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ ।
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । जसका लागि लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाए अपनाउन र सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।