रामपुर नगरपालिकाले महिलालाई उद्यमी बनाउदै
जेठ ०४
पाल्पाको रामपुर नगरपालिकाले महिलाहरुलाई उद्यमशीलतामा अगाडि बढाउनको लागी १३ दिने पोतेमाला तथा चुरा बनाउने तालिम प्रदान गरेको छ । नगरपालिकाले महिला दिदिबहिनिहरुलाई आत्मनिर्भर बनाउनको लागी उक्त तालिम प्रदान गरेको हो।
शुक्रबार तालिमको समापन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले महिलाहरुका लागि अति आवश्यक वस्तुको उत्पादन नगरपालिका भित्रै गरी आत्मनिर्भर बनाउनु पर्ने बताउनुभयो । साथै श्रृङ्गारको रुपमा प्रयोग हुने चुरा पोते माला औँठी यहीँ उत्पादन गर्न आवश्यक रहेको बताउदै उहाँले तालिममा सिकेका सिपबाट उत्पादित बस्तुको बजारीकरण नगरपालिकाले गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं.५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले तालिममा सिकेका सिपको माध्यबाट उद्यमी बन्न आग्रह गर्नुभयो । साथै गुणस्तरीय र बाह्य वस्तु संग प्रतिस्पर्धा गर्न सक्ने सामग्री...








