रामपुर नगरपालिकाले महिलालाई उद्यमी बनाउदै

जेठ ०४
पाल्पाको रामपुर नगरपालिकाले महिलाहरुलाई उद्यमशीलतामा अगाडि बढाउनको लागी १३ दिने पोतेमाला तथा चुरा बनाउने तालिम  प्रदान गरेको छ । नगरपालिकाले महिला दिदिबहिनिहरुलाई आत्मनिर्भर बनाउनको लागी उक्त तालिम प्रदान गरेको हो।

शुक्रबार तालिमको समापन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले महिलाहरुका लागि अति आवश्यक वस्तुको उत्पादन नगरपालिका भित्रै गरी आत्मनिर्भर बनाउनु पर्ने बताउनुभयो । साथै श्रृङ्गारको रुपमा प्रयोग हुने चुरा पोते माला औँठी यहीँ उत्पादन गर्न आवश्यक रहेको बताउदै उहाँले तालिममा सिकेका सिपबाट उत्पादित बस्तुको बजारीकरण नगरपालिकाले गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं.५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले तालिममा सिकेका सिपको माध्यबाट उद्यमी बन्न आग्रह गर्नुभयो । साथै गुणस्तरीय र बाह्य वस्तु संग प्रतिस्पर्धा गर्न सक्ने सामग्री उत्पादन गर्नु पर्नेमा जोड दिनुभयो । यस्तै रामपुर नगरपालिका वडा नं.३ का अध्यक्ष दामोदर पाठकले आत्मनिर्भर बन्नका लागि तालिममा सिकेका सिप महत्वपूर्ण हुने बताउनुभयो ।

महिलाहरुको सिपमूलक तालिम कार्यक्रम सञ्चालक समितिका अध्यक्ष सावित्रा गैरेले आगामी दिनमा महिलाहरुलाई आयआर्जनको माध्यमबाट आत्मनिर्भर हुने खालका कार्यक्रम सञ्चालन गर्ने भन्दै तालिमको औचित्य पुरा गर्नका लागि सबै महिला दिदिबहिनीहरुलाई व्यवसायी बन्न आग्रह गर्नुभयो ।कार्यक्रममा सहभागिहरुको तर्फबाट हुमादेवि जिटी,ओमकला कुमाल,शोभा खनाल , विष्णु सुनार र सुकमाया श्रेष्ठले बोल्दै तालिममा सिकेका सिपले व्यवसायको माध्यमबाट आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नगरपालिकाको सभाहलमा भएको समापन कार्यक्रम समितिका अध्यक्ष सावित्रा गैरेको अध्यक्षता र रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समितिका उपाध्यक्ष लक्ष्मी ढकालको स्वागतबाट शुरु भएको तालिम समापन कार्यक्रम सचिव इश्वरी खनालको धन्यवाद ज्ञापन र महिला बालबालिका शाखा प्रमुख पुजा परियारको सञ्चालनमा सम्पन्न भएको हो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज