Breaking News 2

बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

Breaking News 2, अर्थ, ताजा अपडेट, ब्यापार
३० भदौ । सोमबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । आइतबार तोलाको २ लाख १५ हजार १ सयमा कारोबार भएको सुनको भाउ सोमबार भने सामान्य बढेको हो ।  तोलामा १ सय रुपैयाँले बढेर सुनको भाउ सोमबार २ लाख १५ हजार २ सयमा कारोबार भइरहेको छ । यस्तै चाँदीको भाउ पनि बढेको छ । सोमबार चाँदीको भाउ प्रतितोला २ हजार ५ सय ७५ रुपैयाँ रहेको छ । यो भाउ आइतबारको तुलनामा तोलाको ५ रुपैयाँले बढी हो ।...
छोडिन् सुमना श्रेष्ठले रास्वपा

छोडिन् सुमना श्रेष्ठले रास्वपा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आज पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । उनले केही महिनाअघि पार्टीको सहमहामन्त्रीबाट राजीनामा दिएकी थिइन् ।
मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री कार्की

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री कार्की

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२९ भदौ । नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुभएको छ । प्रधानमन्त्रीमा नियुक्त भएसँगै हिजो नयाँ मन्त्री चयनका लागि सामाजिक सञ्जालहरु मार्फत खोजी गर्ने विषय चर्चामा रहेको थियो । आज भने प्रधानमन्त्री कार्कीले साँझसम्म मन्त्री मण्डल निर्माण गर्ने गरी तयारी भइरहेको स्रोतले बताएको छ । यसका लागि प्रधानमन्त्री कार्कीले जेन जी तथा अन्य प्रतिनिधिहरुसँग परामर्श गरिरहुनु भएको बुझिएको छ । हाल प्रधानमन्त्री कार्कीले नै सबै मन्त्रालयको जिम्मेवारी सम्हालीरहनु भएको छ । यसअघि हिजो दिनभर प्रधानमन्त्री कार्की आन्दोलनका घाइतेहरुसँगको भेटघाट र केही क्षतिग्रस्त क्षेत्रको अवलोकनमा व्यस्त रहनुभएको थियो ।...
चल्न थाले लामो दुरीका सार्वजनिक यातायात

चल्न थाले लामो दुरीका सार्वजनिक यातायात

Breaking News 2, ताजा अपडेट, समाचार
२९ भदौ । जेन जी को आन्दोलन र त्यसबाट उत्पन्न पछिल्लो परिस्थितिका कारण चल्न नसकेका सार्वजनिक यातायातहरु चल्न शुरु गरेका छन् । कर्फ्यु एवं निषेधाज्ञा लगायतका आदेशका कारण यातायात ठप्प प्रायः रहेको थियो । अस्ति र हिजो छोटो दुरीका गाडीहरु फाटफुट रुपमा चलेका भएपनि आजदेखि भने लामो दुरीका गाडीहरु पनि चल्न शुरु गरेका छन् । जेन जी को आन्दोलनपछि अवस्था असामान्य भएपछि सुरक्षाको अवस्था नसुध्रिएसम्मका लागि भन्दै यातायात व्यवशायी महासंघले यातायात बन्द गरेको जनाएको थियो । तर अब जनजीवन पनि सामान्य अवस्थामा फर्किएसँगै यातायातहरु पनि चल्न शुरु गरेका हुन् । योसँगै संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरीने यातायातहरु पनि चल्न शुरु गरेका छन् । यता पाल्पा बुटवल लगायतका क्षेत्रमा पनि यातायातका साधनहरु निर्बाध रुपमा चल्न शुरु गरेका ट्राफिक प्रहरीहरुले जनाएका छन् ।...
नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई राष्ट्रपतिको शुभकामना

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई राष्ट्रपतिको शुभकामना

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ २८, राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै देश सफल बनाउन शुभकामना व्यक्त गरेका छन् । नेपालको संविधान बमोजिम नियुक्त कार्की पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । जेनजी युवाको आन्दोलनपछि बनेको सरकारको नेतृत्व कार्कीले पाएकी हुन् । उनले आगामी छ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारी पाएकी छन् । समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, विभिन्न पार्टीका सांसद, विदेशी राजदूत तथा आन्दोलनरत युवाको सहभागिता रहेको थियो ।...
आजदेखि यात्रुबाहक बसहरू सञ्चालनमा

आजदेखि यात्रुबाहक बसहरू सञ्चालनमा

Breaking News 2
भदौ २७, आजदेखि काठमाडौ बसपार्कबाट यात्रुबाहक बसहरू सञ्चालनमा आएका छन् । भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका कारण सरकारले लगाएको निषेधाज्ञा र कफ्र्युका कारण बन्द रहेका सार्वजनिक सवारीसाधनहरू क्रमशः सञ्चालनमा आएका हुन् ।
आज पनि जेन–जी समूहबीच विवाद

आज पनि जेन–जी समूहबीच विवाद

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ २६ , जेन–जी समूहहरूले सैनिक मुख्यालय अगाडि आज पनि वादविवाद गरेका छन्। अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई दिनुपर्ने प्रस्ताव भइरहेका बेला उनीहरूले आ(आफ्ना उम्मेदवार अघि सार्दै विवाद बढाएका हुन्। धेरैले धरानका मेयर हर्क साम्पाङलाई समर्थन गरेका छन्। भारतीय मिडियामाथि आक्रोश देखाउँदै समूहलाई सेनाले हटाउने प्रयास गरिरहेको छ।...
फुलसँगै फुलेको सपना

फुलसँगै फुलेको सपना

Breaking News 2, लुम्बिनी, शिक्षा, समाचार
निराजन पौडेल भदौ २२,पाल्पा । घरको आगन, आमाको ममतामयी अंगालोे र डाडाँकाडाँ काट्दै विद्यालय जाने ती सम्झनाहरु अझै पनि उहाँको ह्रदयमा ताजै छन् । सानै उमेरमा वैदेशिक रोजगारीको यात्रामा निस्कनु भएका बगनासकाली गाउँपालिका ८ धारापानीका झबिन्द्र बस्यालको मनमा थियो 'केही वर्ष विदेशमा काम गरेर फर्किने अनि परिवार र आफ्ना सपना पुरा गर्ने ।' तर त्यो केही वर्ष भन्ने सोच झन्डै १४/१५ वर्ष विदेशी जिन्दगीमा बदलियो । सिङगापुर, कतार, साउदी,दुवै  जहाँका घाम उस्तै तातो लाग्थ्ये ,भाषाहरु फरक थिए तर श्रमको पिडा भने एउटै । आत्मनिर्भर बन्ने विउ विदेशमै पलायो ! कयौँ देशहरु चारिरहँदा दुवैमा बस्यालले फुल बगैचामा काम गर्नुभयो । बिहानदेखी बेलुकासम्म फुल रोप्ने, माटो खनजोत गर्ने, र पानी हाल्ने काममै उहाँका दिन बित्थ्ये । उहाँ भन्नुहुन्छ :- "कहिले काडा टेक्दै, कहिले नाङ्गो खुट्टाले तातो बालुवा छोईदै हिडीयो...
स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य

स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य

Breaking News 2, समाचार
भदौ २१, स्वास्थ्य बीमामा आबद्ध भएका विपन्न नागरिकले आउँदो कात्तिक १ गतेदेखि सहुलियत सुविधा पाउने भएका छन् । ८ प्रकारका कडा रोगमा एकीकृत सुविधा पाउन सकिन्छ । मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीले यो सुविधा पाउँदै आएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीमा आबद्ध गर्ने निर्णय अनुसार आउँदो कात्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो । यो सुविधा स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले अहिले सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
सामाजिक सञ्जाल एक्सले दर्ताका लागि कागजात माग्यो

सामाजिक सञ्जाल एक्सले दर्ताका लागि कागजात माग्यो

Breaking News 2, ट्रेन्डिङ, समाचार
भदौ २१, सामाजिक सञ्जाल एक्सले नेपालमा दर्ता गर्न आवश्यक कागजातबारे विवरण मागेको छ । शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई इमेल पठाउँदै दर्ताका लागि आवश्यक कागजातबारे जानकारी मागेको हो । मन्त्रालयका प्रवक्ताका अनुसार, “दर्ताका लागि के के कागजात चाहिन्छ भन्दै एक्स सम्पर्कमा आएको छ। हामीले त्यसबारे आवश्यक जानकारी पठाइसकेका छौँ,” भनेका छन् । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाएसँगै यस विषयमा समर्थन र विरोध दुवै प्रकारका बहस चलिरहेका छन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज