भदौ २८,
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै देश सफल बनाउन शुभकामना व्यक्त गरेका छन् । नेपालको संविधान बमोजिम नियुक्त कार्की पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।
जेनजी युवाको आन्दोलनपछि बनेको सरकारको नेतृत्व कार्कीले पाएकी हुन् । उनले आगामी छ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारी पाएकी छन् ।
समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, विभिन्न पार्टीका सांसद, विदेशी राजदूत तथा आन्दोलनरत युवाको सहभागिता रहेको थियो ।