२९ भदौ । नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुभएको छ । प्रधानमन्त्रीमा नियुक्त भएसँगै हिजो नयाँ मन्त्री चयनका लागि सामाजिक सञ्जालहरु मार्फत खोजी गर्ने विषय चर्चामा रहेको थियो । आज भने प्रधानमन्त्री कार्कीले साँझसम्म मन्त्री मण्डल निर्माण गर्ने गरी तयारी भइरहेको स्रोतले बताएको छ । यसका लागि प्रधानमन्त्री कार्कीले जेन जी तथा अन्य प्रतिनिधिहरुसँग परामर्श गरिरहुनु भएको बुझिएको छ ।
हाल प्रधानमन्त्री कार्कीले नै सबै मन्त्रालयको जिम्मेवारी सम्हालीरहनु भएको छ । यसअघि हिजो दिनभर प्रधानमन्त्री कार्की आन्दोलनका घाइतेहरुसँगको भेटघाट र केही क्षतिग्रस्त क्षेत्रको अवलोकनमा व्यस्त रहनुभएको थियो ।