by Bihani Post
३० भदौ । सोमबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । आइतबार तोलाको २ लाख १५ हजार १ सयमा कारोबार भएको सुनको भाउ सोमबार भने सामान्य बढेको हो । तोलामा १ सय रुपैयाँले बढेर सुनको भाउ सोमबार २ लाख १५ हजार २ सयमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको भाउ पनि बढेको छ । सोमबार चाँदीको भाउ प्रतितोला २ हजार ५ सय ७५ रुपैयाँ रहेको छ । यो भाउ आइतबारको तुलनामा तोलाको ५ रुपैयाँले बढी हो ।