चल्न थाले लामो दुरीका सार्वजनिक यातायात

२९ भदौ । जेन जी को आन्दोलन र त्यसबाट उत्पन्न पछिल्लो परिस्थितिका कारण चल्न नसकेका सार्वजनिक यातायातहरु चल्न शुरु गरेका छन् । कर्फ्यु एवं निषेधाज्ञा लगायतका आदेशका कारण यातायात ठप्प प्रायः रहेको थियो । अस्ति र हिजो छोटो दुरीका गाडीहरु फाटफुट रुपमा चलेका भएपनि आजदेखि भने लामो दुरीका गाडीहरु पनि चल्न शुरु गरेका छन् ।

जेन जी को आन्दोलनपछि अवस्था असामान्य भएपछि सुरक्षाको अवस्था नसुध्रिएसम्मका लागि भन्दै यातायात व्यवशायी महासंघले यातायात बन्द गरेको जनाएको थियो । तर अब जनजीवन पनि सामान्य अवस्थामा फर्किएसँगै यातायातहरु पनि चल्न शुरु गरेका हुन् । योसँगै संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरीने यातायातहरु पनि चल्न शुरु गरेका छन् । यता पाल्पा बुटवल लगायतका क्षेत्रमा पनि यातायातका साधनहरु निर्बाध रुपमा चल्न शुरु गरेका ट्राफिक प्रहरीहरुले जनाएका छन् ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज